जिफन्टद्वारा कोशी अस्पताल प्रसुती विभागमा भर्ना महिलाहरुलाई पौष्टिक आहार वितरण

<span class='c1'>जिफन्टद्वारा कोशी अस्पताल प्रसुती विभागमा</span> <span class='c2'>भर्ना महिलाहरुलाई पौष्टिक आहार वितरण</span>

विराटनगर । अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कोशी अस्पताल प्रसुती विभागमा भर्ना महिलाहरुलाई पौष्टिक आहार वितरण गरिएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कोशी प्रदेशले ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विराटनगरको कोशी अस्पतालको प्रसुति विभागमा भर्ना भएका दिदीबहिनीलाई पौष्टिक आहार वितरण गरिएको हो ।

जिफन्ट आवद्धहरुले प्रत्येक बर्ष ८ मार्चका दिन मनाईने अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नारी विशेष विविध कार्यक्रम गर्दै आएको छ । त्यहि कार्यक्रम अन्तर्गत कोशी अस्पतालको प्रसुति विभागमा उपचाररत ७५ जनालाई फलफुल,बिस्कुट र सुप बनाउन प्रयोग गरिने धुलो पाउडर वितरण गरिएको जिफन्ट कोशीका अध्यक्ष किशोर धमलाले जानकारी दिएका हुन् ।

कार्यक्रममा जीफन्ट महिला अध्यक्ष डोमा गिरी र युवा अध्यक्ष भलि सुब्बा लगायतका पदाधिकारीले बिहीबार बिहान अस्पताल पुगेर ति सामाग्री वितरण गरेका थिए । ८ मार्चको सन्दर्भ पारेर पौष्टिक आहार वितरणका साथै नेकपा एमाले पार्टी कार्यालयको सभाहलमा श्रमिक महिला दिवसको महत्व दर्शाउँदै अन्तरक्रिया आयोजना गरिएको छ । जिफन्ट कोशी प्रदेशमा उद्योग,कृषि,स्वास्थ्य तथा ब्यूटिशियन सहितका विभिन्न क्षेत्रमा कामगर्ने महिला पुरुष गरी २२ वटा संघका ५ हजार सदस्य आबद्ध रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्