विभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला

<span class='c1'>विभिन्न स्थानमा सात जना</span> <span class='c2'>मृत अवस्थामा फेला</span>

काठमाडौं । विभिन्नस्थानमा सात जना मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार काठमाडौं, गोकर्णेश्वर नगरपालिका-३ तारेभिर भन्दामाथीशिवपुरी राष्ट्रियनिकुन्जजंगलमा सोहीनगरपालिका-३ बस्ने १८ वर्षीया शुस्मालामाबिहीबार मृतअवस्थामा फेला परेकी छिन् ।

धनकुटा, महालक्ष्मी नगरपालिका-५ मिलनचुङ काल्लेस्थित खोल्सीमा भोजपुर अरूण गाउँपालिका-६ बस्ने ४४ वर्षीय लोकेन्द्र राई बिहीबार मृत अवस्थामा फेला परेका छन् । मोरङ, रंगेली नगरपालिका-२ जुलेबीटोल बस्ने ४० वर्षीया शान्ती आचार्य आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

सोलुखुम्बु, सोलु दुधकुण्ड नगरपालिका-८ आङपाङस्थित फोक्ते खोलामा सोही नगरपालिका-१० लुम्साबस्ने ४४ वर्षीय जाङ्बु शेर्पा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

सिन्धुपाल्चोक, चौतारा सागाँचोकगढी नगरपालिका-१३ ठुलो सिरूबारी बस्ने ८४वर्षीय जितबहादुर श्रेष्ठ सोहीठाउँस्थित खेतबारीमाशुक्रबार मृत अवस्थामा फेला परेकाछन् । गुल्मी, मुसिकोट नगरपालिका-७ढाव बस्ने ६६ वर्षीया कुमारी सापकोटा मुसिकोट नगरपालिका-४ फेदीबडिगार्ड खोलाको घाटमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । बिहीबार दिउँसो घरबाट हिँडेकी उनी घर फर्कि नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।

कैलाली, भजनी नगरपालिका-८ जनकपुर बस्ने ६१ वर्षीय रून्चे डगौरा आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्