इक्वालिटी कप महिला क्रिकेटको उपाधि मोरङलाई

इक्वालिटी कप महिला क्रिकेटको उपाधि मोरङलाई

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसन र मोरङ क्रिकेट संघको आयोजना भएको तेस्रो संस्करण इक्वालिटी कप महिला क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली मोरङले जितेको छ ।

विराटनगर–६ स्थित मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको शुक्रबारको फाइनल खेलमा इलामलाई १ सय रनले पराजित गर्दै मोरङले उपाधि जितेको हो ।

टस जितेर ब्याटिङ गरेको मोरङले निर्धारित २० ओभर ३ विकेट गुमाई १ सय ५३ रनको योगफल बनाएको थियो ।
मोरङकी सानु राजवंशीले ५९ बलमा ९ चौका प्रहार गर्दै ७२ रन बनाउँदा प्रेरणा राना मगरले नटआउट ३१ रनको योगदान दिइन् । इलामकी पस्मिता मुखियाले २ विकेट लिँदा संगिता तामाङले १ विकेट लिइन् ।

१ सय ५४ रनको विशाल लक्ष्य पछ्याएको इलामले निर्धारित ओभरमा ५ विकेट गुमाएर जम्मा ५३ रनमा समेटियो । इलामकी यमुना राईले सर्वाधिक नटआउट १० रन बनाउँदा उनिपछि व्याटिङ गर्न आएकाले दोहोरो अंक बनाउँन सकेनन् ।
मोरङकी चाँदनी यादवले ३ तथा कृतिसा धामीले १ विकेट लिइन् ।

प्रतियोगिताको प्लेयर अफ द सिरिज मोरङकी सानु राजवंशी घोषित भइन् भने उत्कृष्ट ब्याटर इलामकी प्रियंका राई, उत्कृष्ट बलर मोरङकी सुवेक्षा लिम्बु र उदीयमान खेलाडी सिरहाकी आरुषी साह घोषित भए ।

महिला क्रिकेट प्रतियोगिता ज्यादै न्यून सङख्यामा हुने भएकोले त्यसलाई ध्यानमा राखेर राष्ट्रियस्तरमा दक्ष खेलाडी उत्पादनमा सहयोग पुर्याउन खेलको आयोजना गरिएको नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले बताए ।

फागुन २२ गतेदेखि शुरु भएको प्रतियोगितामा कोशी र मधेश प्रदेशका मोरङ, इलाम, सप्तरी र सिरहाका खेलाडि सहभागी रहेको खेल संयोजक विशाल साहले जानकारी दिए ।

विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमद साद वावु कुरैसी, सम्तरी क्रिकेट संघका अध्यक्ष आयुस श्रेष्ठ, नेपाल क्रिकेट फाउण्डेशका अध्यक्ष अविशेक श्रेष्ठ लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्