त्रिकोणात्मक सिरिज खेल्न हङकङ पुगेको नेपाली टोली र हङकङबीच आजमैत्रीपूर्ण खेल हुँदै

त्रिकोणात्मक सिरिज खेल्न हङकङ पुगेको नेपाली टोली र हङकङबीच आजमैत्रीपूर्ण खेल हुँदै

काठमाडौं । नेपाल र हङकङबीच आज मैत्रीपूर्ण क्रिकेट हुँदैछ । खेल बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ ।

त्रिकोणात्मक सिरिज खेल्नका लागि बिहीबार हङकङ पुगेको नेपाली क्रिकेट टोलीले आज सिरिज सुरु हुनुपूर्व नेपाल र हङकङले फ्रेन्डसिप कपको नाममा एक टि२०आई खेल्न लागेको हो ।

नेपालले हङकङमा एक त्रिकोणात्मक सिरिजसहित हङकङसँग टि२०आई खेल्ने पूर्व निर्धारित तालिका अनुसार नै आज (मार्च ९) उक्त खेल खेल्दै छ ।
भोलीबाट नेपाल, हङकङ र पपुवा न्युगिनीबीच त्रिकोणात्मक टी–२० आई सिरिज सुरु हुँदैछ ।
त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल भोली (फागुन २७ गते) हङकङसाग खेल्ने छ । यस्तै, दोस्रो खेलमा नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्दैछ । फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुने छ ।

नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा रहेका छन् ।
हङकँमा हुने टि-२० आई टोलीमा आकाश चन्द र लोकेश बम थपिदा मुख्य प्रशिक्षक मोन्टि देशाइले दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, अनिल शाह र ललित नारायण राजवंशीलाई विश्राम दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्