विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न माओवादी संसदीय दलको बैठक बस्दै

विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न माओवादी संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक शनिबार बस्ने भएको छ । बैठक दिउँसो ३ बजे सिंहदरबारभित्र माओवादी संसदीय दलको कार्यालयमा बस्ने छ ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री दाहालले संसदबाट विस्वासको मत लिने विषयमा पनि बैठकमा छलफल हुने छ । २१ गते प्रधानमन्त्री दाहालले कांग्रेससँगको तत्कालिन सत्ता गठबन्धन तोडेर नयाँ सत्ता समिकरण बनाएपछि प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले पनि अर्को समीकरण निर्माणको कसरत गरिरहेको छ ।

प्रधानमन्त्री दाहाल जतिसक्दो छिटो प्रतिनिधिसभाबाट (सोमबारको बैठकमा) विश्वासको मत लिने तयारीमा छन्। सो बारे माओवादीले आजको दलको बैठकमा छलफल गर्ने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्