ट्रकको ठक्करले मोटरसाइकलमा सवार काका भजितको मृत्यु

ट्रकको ठक्करले मोटरसाइकलमा सवार काका भजितको मृत्यु

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार भएको मोटरसाइकल दुर्घटनामा एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मोटरसाइकल चालक मोरङको बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र पछाडि बसेका उनका भतिजा आठ वर्षीय अभि दाहालको हिजो साँझ मृत्यु भएको हो ।

विराटनगरबाट इटहरी गइरहेकोे प्र १–०२–०४१ प ६६१९ नम्बरको मोटरसाइकललाई प्र १–०२–००१ क ४५७८ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

ठक्करबाट उनीहरु सिकिस्त घाइते भएका थिए । उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक चालक इटहरी–२ का ३० वर्षीय प्रदीप कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्