गठबन्धन बाहिरका दलसँग परामर्शपछि राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसले उम्मेदवारी दिने

गठबन्धन बाहिरका दलसँग परामर्शपछि राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसले उम्मेदवारी दिने

काठमाडौं । सत्ता गठबन्धन परिवर्तन भएपछि प्रमुख प्रतिपक्षको भूमिकामा पुुगेको नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्ष पदमा आफ्नो उम्मेदवार उठाउने भएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा शनिबार बिहान पदाधिकारीवीच यसबारेमा छलफल भएको हो । करिब दुइ घण्टाको छलफलपछि वर्तमान सत्ता गठबन्धनभन्दा बाहिर रहेका दलहरुसँग परामर्श गरेर उम्मेदवार टुंगो लगाउने निणर्य गरेको प्रचार विभाग प्रमुख मिन विश्वकर्माले नेपाल न्यूज बैंकसँग बताए ।

कांग्रेसले विपक्षमा रहेका अन्य दलसँग परामर्श गरेपछि मात्र को उम्मेदवार हुने भन्ने बिषय टुंगो लगाउने भनेर छलफलको बाटो खुला गरेको छ ।
राष्ट्रिय सभाको बैठक भोलि फागुन २७ गते आइतबार १ बजे बस्दैछ । २९ गते अध्यक्षको निर्वाचन हुनेगरी यसअघि नै कार्यक्रम सार्वजनिक भैसकेको छ ।

यसअघिको गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष पदमा आफ्नो उम्मेदवार जित्ने अवस्था रहँदा नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला उम्मेदवार बन्ने करिब निश्चित जस्तै मानिएको थियो । तर प्रधानमन्त्री पुष्पकमल दाहालले अचानक गठबन्धन परिवर्तन गरेपछि पुरानो तयारी भंग भएको थियो । पूर्व महामन्त्री सिटौलालाई नै राष्ट्रिय सभाको अध्यक्ष बनाउने सहमतिमा पुगेका प्रधानमन्त्री दाहाल र सभापति शेर बहादुर देउवाले वचन दिएपछि सिटौला कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्य चुनिएर काठमाडौं फर्किएका थिए ।

शान्ति प्रक्रियामा महत्वपूणर् योगदान पुर्याएको भन्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले सिटौलाप्रति सहानुभूति पनि प्रकट गर्दै आएका थिए । राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ६ वर्षे कार्यकाल सकेर बिदा भएपछि यो पद खाली छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्