‘हेड टु हेड’मा नेपाललाई स्वर्ण

‘हेड टु हेड’मा नेपाललाई स्वर्ण

काठमाडौं । नेपालले एसियाली ¥याफ्टिङ च्याम्पियनसिपको हेड टु हेडमा स्वर्ण जितेको छ ।

उक्त स्पर्धामा नेपालले १ सय २० अंक जोड्दै स्वर्ण जितेको नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जनाएका छन् ।

भारतको हिमाचल प्रदेशस्थित सिमलामा भएको प्रतियोगिताको स्लालममा ८० अंकसाथ नेपालले रजत जित्यो । डाउन रिभरमा ६० अंक जोडेको नेपाल चौथो भयो । समग्र टिममा भने नेपाल दोश्रो स्थानमा रह्यो । नेपाली खेलाडीमा सविन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ, डम्बरबहादुर पुर्वाछाने र दीपेश पुन मगर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्