इंग्ल्याण्डविरुद्धको पाँच खेलको टेस्ट क्रिकेटको श्रृंखला भारतले जित्यो

इंग्ल्याण्डविरुद्धको पाँच खेलको टेस्ट क्रिकेटको श्रृंखला भारतले जित्यो

काठमाडौं । इंग्ल्याण्डविरुद्धको पाँच खेलको टेस्ट क्रिकेटको श्रृंखला भारतले ४–१ ले जितेको छ ।

श्रृंखलाको अन्तिम टेस्टको तेस्रो दिन नै भारतले एक पारी र ६४ रनले जित निकाल्दै सिरिज ४–१ को अन्तरले आफ्नो पक्षमा पारेको हो ।

इंग्ल्याण्डले पहिलो पारिमा २१८ रन बनाएको थियो । भारतले पहिलो पारिमा ४१७ रन बनाउँदा दोस्रो पटक ब्याटिङका लागि मैदान उत्रिनु नै परेन ।
पहिलो पारिमा २५९ रनले पछि परेको इंग्ल्याण्ड दोस्रो पारिमा जम्मा १५९ रनमा समेटिएको थियो । भारतका लागि रविचन्द्रन आश्विनले १०० औं टेस्टमा ९ विकेट लिएर कीर्तिमान बनाउँदा यशस्वी जयसवालले सिरिज भर ७१२ रन बनाउँदै प्लेयर अफ दी सिरिज चुनिए ।

दोस्रो दिन भारतले ४७७ रन बनाएर अलआउट भएको थियो । भारतका कुलदीप यादवले ३० रन बनाएका बेला इंग्ल्याण्डका जेम्स एन्डरसनले सात सयौं विकेटको रुपमा पभेलियन पठाए । उनी ७०० टेस्ट विकेट लिने पहिलो तीब्र गतिका बलर पनि बनेका छन् । त्यसपछि जसप्रित बुमराहलाई २० रनमा आउट गरेपछि भारतीय पारि समाप्त भएको थियो । जसमा एन्डरसनले ५ विकेट लिएका थिए ।

इंग्ल्याण्डको दोस्रो पारि पनि खराब सुरुआत भएको थियो । दोस्रो ओभरमै आश्विनले बेन डकेटलाई पभेलियन पठाए । उनी जम्मा २ रन बनाएर आउट भएका थिए । त्यसपछि छैटौं ओभरमा ज्याक क्रली खाता नै नखोली आउट भए । ओले पोप १९ रनमा आउट हुँदा इंग्ल्याण्ड दबाबमा आएको थियो । जोए रुट र जोनी बेरिस्टोले पारि सम्हाल्ने प्रयास गरे पनि वेरिस्टो ३९ रन बनाएर आउट भएका थिए ।

उनी दोस्रो पारिमा सर्वाधिक धेरै रन बनाउने दोस्रो खेलाडी बने । रुटले सर्वाधिक ८४ रन बनाए । सैगरी टम हार्टले २० तथा सोएब बसिर १३ रनमा आउट भए । भारतका रविचन्द्रन आश्विनले ५ विकेट लिँदा जसप्रित बुमराह र कुलदीप यादवले दुई र्दुइ विकेट लिए ।
भारतका लागि पहिलो पारिमा कप्तान रोहित शर्मा र शुभमन गिलले शतकीय पारि खेल्दा देबदत्त पडिकल र सर्फराज खानका साथ यशस्वी जयसवालले अर्धशतक बनाए ।

भारतका गीलले ११०, शर्माले १०३ रनको शतकीय पारि खेले । यसैगरी जैसवालले ५७ रन बनाउँदा पडिकलले ६५ तथा खानले ५६ रन बनाए । इंग्ल्याण्डका सोएब बसिरले सर्वाधिक पाँच विकेट लिए । जितसँगै भारत आईसीसी टेस्ट च्याम्पियनसिपको तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । भारतले ३ सिरिजका ९ म्याच खेल्दा ६ मा जित र २ मा हारका साथै १ खेल बराबरीमा टुंग्याएको थियो । भारतको ७४ अंक भएको छ भने ६८.५२ प्रतिशत रहेको छ । यसैगरी इंग्ल्याण्डले २ सिरिजका १० खेल खेल्दा ३ मा जित, ६ मा हार र १ मा बारबरी खेल्दै जम्मा २१ अंक बनाएको छ । इंग्ल्याण्डको प्रतिशत १७.५० रहेको छ । इंग्ल्याण्ड तालिकाको ८ औं स्थानमा छ ।

आइसीसी टेस्ट च्याम्पियनसिप २०२३–२५ को साइकलमा टेस्ट खेल्ने १० टिमले प्रतिस्पर्धा गरिरहेका छन् । जसका शीर्ष २ टिमले फाइनल खेल्ने छन् । टेस्ट च्याम्पियनसिपमा भारत लगातार दुई पटक फाइनल पुगे पनि उपाधि जितेको छैन ।
भारत पहिलो च्याम्पियनसिपमा न्युजिल्याण्डका साथै दोस्रोमा अस्ट्रेलियासँग पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्