व्यवस्था र अवस्था दुवैमा परिवर्तन आएको छ : ओली

<span class='c1'>व्यवस्था र अवस्था दुवैमा परिवर्तन</span> <span class='c2'>आएको छ : ओली</span>

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन भएन भन्ने कुरा गलत भएको बताएका छन्।

शनिबार ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित ‘संघर्षशील योद्धाहरु’ पुस्तक लोकार्पणमा बोल्दै ओलीले अवस्थामा पनि परिवर्तन आएको दाबी गरे ।

‘अहिले महिलाहरु मन्त्री, माननीय भइसक्नु भएको छ । ४० प्रतिशत महिलाहरु जनप्रतिनिधि छन् । सरकारी निकायमा ३३ प्रतिशत कार्यान्वयन गरिएको छ। संसदमा कार्यान्वयन गरिएको छ, रोजगारका क्षेत्रमा आरक्षण गरिएको छ,’उनले भने ।महिला जागरण, सशक्तिकरण, आरक्षणको लागि एमालेले प्रभावकारी भूमिका निर्वाह गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले समानुपातिकमा आरक्षण तय गर्दा केही कमजोरी भएकाले त्यसलाई सच्याउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्