बुढासुब्बा गोल्डकपमा आयोजक धरानको विजयी सुरुवात

<span class='c1'>बुढासुब्बा गोल्डकपमा आयोजक</span> <span class='c2'>धरानको विजयी सुरुवात</span>

विराटनगर । पूर्वको प्रतिष्ठित फुटबल प्रतियोगिता अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २४औँ संस्करण सुरु भएको छ ।

आज भएको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले विजयी सुरुवात गरेको छ । पाहुना टोली युकेएफसी भारतलाई पराजित गर्दै धरान फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित ९० मिनेटमा दुवै टिमले १–१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको थियो ।

पेनाल्टीमा पनि ५–५ गोलको बराबरी भएपछि खेल सडेन डेथमा पुगेको थियो ।

सडेन डेथमा धरान १०–९ गोल अन्तरले विजयी भएको हो ।

यसअघि निर्धारित समयको ५९ औ मिनेटमा धरानका मिलन राईले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।

खेलको ७३ औ मिनेटमा युकेएफसीका नयन प्रधानले गोल फर्काएका थिए ।

खेलको म्यान अफ द म्याच धरानका गोलरक्षक सचिन श्रेष्ठ घोषित भए ।

भोलि आइतबार न्युरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ ।

धरान फुटबल क्लबको आयोजनामा भइरहेको प्रतियोगिता चैत ३ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा लिग च्याम्पियन चर्च ब्वाईज क्लब, थ्री स्टार क्लब, धरान फुटबल क्लब, एनआरटी काठमाडौँ, त्रिभुवन आर्मी क्लब, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, जिल्ला फुटबल संघ मोरङ, भारतीय क्लब युकेएफसी सहभागी हुँदैछन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी नगद १ लाख र प्रत्येक खेलको म्यान अफ द म्यान नगद १० हजार पाउने छन् । उत्कृष्ट गोलरक्षक २५ हजार, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मीड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने छ । सर्वाधिक गोलकर्ताले नगद ३५ हजार पाउने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्