वडा स्तरीय फुटबलकाे उपाधि विराटनगर ११ लाई

वडा स्तरीय फुटबलकाे उपाधि विराटनगर ११ लाई

विराटनगर । प्रथम वडा स्तरीय नकाउट फुटबल प्रतियोगिताकाे उपाधि विराटनगर ११ नम्बर वडाले जितेको छ ।

विराटनगर जुटमिलको खेलमैदानमा शनिबार सम्पन्न भएकाे फाइनलमा विराटनगर १२ नं. वडालाई ६-३ गाेलले हराउँदै विराटनगर ११ ले उपाधि जितेकाे हाे । उपाधि संगै विराटनगर ११ ले ३१ हजार रुपैयाँ हात पार्याे । उपबिजेता विराटनगर १२ ले २१ हजार रुपैयाँमा चित बुझायाे ।

जितकाे लागि विराटनगर ११ का सागर तिवारीले दुई गाेल,
मनाेज मारिक , ज्याेति मरिक, भुवन बस्नेत र बिवेक राइले १-१ गाेल गरे ।

विराटनगर १२ काे तर्फबाट राेशन राई ,अनुराेध चाैधरि र बिमल राजवंशीले १-१ गाेल फर्काए ।

फाइनल खेलकाे म्यान अफ द म्याच विराटनगर १२ का बिकास मगर घोषि भए । उनले १ हजार १ सय रुपैयाँ पुरस्कार पाए । खेलकाे म्यान अफ द श्रीरिज विराटनगर १२ का ज्ञानेन्द्र मगर, हाइस्काेर विराटनगर ११ का सागर तिवारी घाेषित भए । सागरले प्रतियाेगिता भरिमा चार गाेल गरे।

विराटनगर १५ को आयोजना र मिल्स भेटान रानी विराटनगरकाे संयाेजनमा भएको उक्त प्रतियोगितामा विराटनगरका आठ टिमको सहभागि रहेको विराटनगर १५ का वडाअध्यक्ष प्रकाश साहले जानकारी दिए ।

बिजेता हुने खेलाडी हरुलाई पुरस्कार वितरण विराटनगर १५ का वडाअध्यक्ष प्रकाश साह, विराटनगर १६ का वडाअध्यक्ष उद्वब भुजेल, विराट गाेल्डकप टस्टका अध्यक्ष किशाेर शाहीले पुरस्कार बितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्