त्रिकोणात्मक श्रृङ्खलामा आज नेपाल र घरेलु टोली हङकङबीच खेल हुने

<span class='c1'>त्रिकोणात्मक श्रृङ्खलामा आज नेपाल र</span> <span class='c2'>घरेलु टोली हङकङबीच खेल हुने</span>

काठमाडौं । हङकङ,पपुवा न्युगिनी समिलित त्रिकोणात्मक श्रृङ्खलामा नेपालले पहिलो खेल आज घरेलु टोली हङकङसँग खेल्दै छ। खेल हङकङको मिसन रोड ग्राउण्डमा बिहान सवा ११ बजेदेखि शुरु हुनेछ।

नेपालले सोमबार पवुवा न्युगिनीसँग दोस्रो खेल खेल्नेछ भने मंगलबार श्रृङ्खलाको फाइनल खेल हुनेछ। आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङमा आजबाट शुरु हुने सिरिजमा सहभागीता जनाएको हो । बिहीबार हङकङ पुगेको नेपाली टोलीले सिरिज शुरु अगावै शनिबार घरेलु टोली हङकङसँग मैत्रिपूर्ण खेल खेलेको थियो । जसमा नेपाल ७३ रनले पराजित भएको छ।

बिहीबार हङकङ गएको नेपाली टोलीमा रोहित कुमार पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्