मारिया किड्स मन्टेश्वरी स्कुलले अभिभावक दिवस मनायो

मारिया किड्स मन्टेश्वरी स्कुलले अभिभावक दिवस मनायो

विराटनगर । बुढीगंगा गाउँपालिका- १ मा रहेको मारिया किड्स मन्टेश्वरी स्कुलले ८ औं अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम मनाएको छ ।

शनिबार विद्यालयले विविध सांस्कृतिक, शैक्षिक कार्यक्रमहरुको आयोजना गरी अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम मनाएको हो ।

कार्यक्रमको सभापति दिपक लामिछानेले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालनमा विद्यालयका शिक्षकद्वोय कविता पाठक र एन्जिला रिजाल रहनुभएको थियो।

कार्यक्रममा प्रमुख आतिथ्य, मेरिल्याण्ड कलेज र हिमालयन दर्शन कलेज विराटनगरका संचालक तथा हिशानका केन्द्रिय उपाध्यक्ष भेषराज पोखरेल, विशिष्ट अतिथिमा आदर्श माविका सहायक प्र.अ भगिरथ पोखरेल,अतिथिमा योग प्रशिक्षक भवानी प्रसाद घिमिरे,अभिभावक केशर नेपाल, मारिया किड्स मन्टेश्वरी स्कुलका प्र. अ मनिष पोखरेल,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जी.पी. चुडाल, लेखा प्रमुख सिर्जना आचार्य , नितेश भट्टराई, आशिष घिमिरे लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमामा स्वागत मन्तव्य, विद्यालयकी लेखा प्रमुख तथा संचालन समिति सदस्य सिर्जना आचार्यले राख्नुभएको थियो।

कार्यक्रममा प्ले ग्रुप देखि कक्षा दुईसम्मका बालबालिकाहरुले नृत्य, गायन, वक्तृत्व, सन्देशमुलक नाटक, संस्कृत श्लोक अर्थपूर्ण वाचनसहितका विभिन्न प्रस्तुति प्रदर्शन गरी आफ्ना अभिवावकको मन जितेका थिए।

विराटनगरको उत्तरी भेगमा अवस्थित यस विद्यालयले ८ औं वसन्त पार गरिसक्दा क्रमसः सुधार हुँदै गएको र अभिभावकको मन जित्न सफल भएको भन्दै कार्यक्रमका प्रमुख अतिथिले मुक्तकण्ठले प्रसंशा गर्नुभएको थियो। जुन प्रगति मारिया किड्स स्कूलले गरेको छ, त्यो प्रगतिको गति/रफ्तार यस्तै प्रकृतिका अन्य विद्यालयलाई सहजै प्राप्त हुन नसक्ने कुरामा जोड दिदै उहाँले यस विद्यालयको समग्र गतिविधिको खुलेर प्रसंशा गर्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि भगिरथ पोखरेलले यस विद्यालयले थप नयाँ अभिभावक तथा विद्यार्थीहरु जोड्दै जाओस् र मन्टेश्वरी शिक्षामा फड्को मार्दै जान सकोस् भन्ने शुभकामना व्यक्त गर्दै, साना नानीहरुको यस्तो उत्कृष्ट प्रतिभा आफ्ना लागि नविन अवलोकन रहेको भन्दै प्रशंसा गर्नुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जी.पी चुडालले अबका दिनमा यस विद्यालय मन्टेश्वरी शिक्षाका साथै स्मार्ट मोडालिटीमा जाने कुरामा तयारी चलिरहेको जानकारी दिनुभयो।

कार्यक्रममा विद्यालयका प्र.अ. मनिष पोखरेलले, अभिभावक तथा विद्यालयको सहकार्यको नातिजाकै कारणले आज मारिया किड्स मन्टेश्वरी स्कुल यस स्थितिमा आउन सफल रहेको तथा अभिभावको विद्यालयप्रतिको विश्वासले गर्दा नै विद्यालयले अघि बढ्ने अवसर प्राप्त गरेको भन्दै समग्र अभिभावक, शिक्षाप्रेमी, विद्यार्थी, समुदाय, तथा सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।

उहाँले विद्यालयका सम्पूर्ण शिक्षक, सहयोगी कर्मचारीलाई धन्यवाद दिदै आगामी दिनमा पनि उहाँहरुको बालबालिका प्रतिको प्रेम/लगाव , मन्टेश्वरी तालिम, सिप तथा क्षमताले विद्यालालाई नयाँ दिशा प्रदान गर्ने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो।

अभिभावकका तर्फबाट केशर नेपाल ज्यूले, विद्यालयका गतिबिधिबाट आफ्ना नानीबाबुहरुको सर्वाङ्गिण विकासमा अत्यन्त सहयोग पुगेको भन्दै आफू सन्तुष्टि रहेको कुरा व्यक्त गर्दै विद्यालयको प्रशंसा समेत गर्नुभएको थियो।

कार्यक्रमको समापन, चर्चित समाजसेवी तथा योग प्रशिक्षक भवानीप्रसाद घिमिरेले गर्नुभएको थियो। आफू योग प्रशिक्षक रहेको नाताले, मारिया किड्स मन्टेश्वरी स्कूलले योग शिक्षा समेत आफ्ना विद्यार्थीहरुलाई दिँदै आएको कुरा स्मरण गराउदै, यसको औचित्यता र आवश्यकतामाथि प्रकाश पार्नुभएको थियो।

उहाँले बालबालिकाको समग्र विकासको लागि शैक्षिक ज्ञानका साथै योग, ध्यान, धर्मसंस्कार, व्यवहारिक ज्ञान समेत दिँदै आएको भनी मारिया किड्स मन्टेश्वरी स्कूलको प्रसंशा गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो।

उक्त कार्यक्रममा ४५० जना भन्दा बढी उपस्थिति रहेको स्कुलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्