विराटनगरको गुद्रीमा धार्मिक एकताको सन्देश : शिवरात्रिको अवसर पारेर ७२ घण्टे अष्टजाम

<span class='c1'>विराटनगरको गुद्रीमा धार्मिक एकताको सन्देश :</span> <span class='c2'>शिवरात्रिको अवसर पारेर ७२ घण्टे अष्टजाम</span>

विराटनगर । विराटनगर–११ फलफूल तथा तरकारी सब्जिमण्डि गुद्री बजारमा शिवरात्रिको दिनदेखि लगातार ७२ घण्टे अष्टजाम लगाइएको छ । हिन्दु–मुस्लिम समुदायका व्यापारीहरुले धार्मिक एकताको सन्देश दिन शुक्रबार साँझदेखि सुरु भएको अष्टजाम सोमबार साँझ सम्पन्न हुनेछ ।

गुद्री बजारमा ठूला, मझौला र साना गरेर २०५ भन्दा फलफूल तथा तरकारीका थोक तथा खुद्रा पसल सञ्चालनमा रहेका छन् । सब्जिमण्डि बजार व्यवस्थापन समितिका सचिव अहमद साहेब गुड्डु मियाँका अनुसार शिवरात्रिको अवसर पारेर अष्टजाम सुरु गरिएको हो । यसलाई ७२ घण्टासम्म निरन्तर सातजना पण्डितले पाठ पढ्ने र हवन गर्ने काम जारी राख्नेछन् ।

मुलुकमा धार्मिक एकताको सन्देश दिन गुद्री बजारमा लाग्दै आएको अष्टजामको महत्व ठूलो छ, सचिव गुड्डु मियाँले भन्नुभयो–यो काम पहिलेपनि हुन्थ्यो र अहिले पनि जारी छ । गुद्री बजार विराटनगर–९ मा रहेको थियो । त्यहाँबाट विराटनगर–११ मा सरेपछि यो चौंथो अष्टजाम रहेको सचिव मियाँले जानकारी दिनुभयो । त्यस अगाडी पुरानो गुद्री बजारमा समेत अष्टजाम लगाउने प्रचलन रहँदै आएको उहाँको भनाई छ ।

हिन्दु धर्मालम्वीहरुको पवित्र पर्व महाशिवरात्रिकोे साँझदेखि यसलाई ७२ घण्टासम्म निरन्तर लगाउने गरिएको छ । गुद्री बजार अध्यक्ष पशुपति भगतले यसलाई मर्यादापूर्वक पालना गर्दै हिन्दु–मुश्लिम संयुक्त कार्जेको रुपमा बुझ्ने गरिएको बताउनुभयो । शिवरात्रि आएपछि सब्जिमण्डिका व्यापारीहरुले स्वतःस्पूmर्त अष्टजामका लागि तदारुकता देखाउने गरेको अध्यक्ष भगत बताउनुहुन्छ ।

व्यापारीबीचको मैत्रीभाव प्रकट हुने अष्टजाम हवन कार्यक्रमभरी सबैले उतिकै प्रेमपूर्वक चासो राख्ने गरेका छन् । आपसी भाईचारा र धार्मिक सहिष्णुता अभिबृद्धि गरी मुलुकमा दिगो शान्ति स्थापनामा यो उदाहरणीय कार्य भएको दावी गरिन्छ । हिन्दु संस्कार अनुसार हुने अष्टजामलाई मुस्लिम समुदायका व्यापारी पनि साझा रुपमा अपनत्व गरेर प्रर्साद ग्रहण गर्ने गरेका छन् । यस कार्यक्रमका लागि सात लाख भन्दा बढी खर्च हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्