एसियाली छनोटमा खेल्न तेक्वान्दो टोली चीन जाँदै

एसियाली छनोटमा खेल्न तेक्वान्दो टोली चीन जाँदै

काठमाडौं । फ्रान्सको पेरिसमा हुने ओलिम्पक तथा पारालिम्पक गेम्सका लागि हुने एसियाली तेक्वान्दो छनोट प्रतियोगितामा सहभागी हुन तेक्वान्दोको दुई टोली चीन जाने भएको छ ।

छनोट प्रतियोगिता मार्च १५ देखि १७ सम्म चीनको ताइयाङमा हुँदैछ । पेरिस ओलम्पिकको छनोटअन्तर्गत पुरुष ५८ केजीमुनि राहुल कुमाल र ६८ केजीमुनि वीरबहादुर महरा तथा महिला ४९ केजीमुनि अन्जली तामाङ र ६७ केजीमुनि इन्दिरा बस्नेतले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

प्रत्येक तौल समूहमा पहिलो र दोस्रो हुने खेलाडी पेरिस ओलम्पिकका लागि छनोट हुने छन् । प्रशिक्षकमा टीकाप्रसाद लिम्बू छन् । छनोट मार्च १५ र १६ मा हुनेछ । त्यसका लागि टोली सोमबार चीन प्रस्थान गर्दैछ । पेरिस पारालिम्पिक छनोटअन्तर्गत के-४४ क्याटगोरीको पुरुष ५८ केजीमुनि भरतसिंह महता र ६३ केजीमुनि अमिर ब्लोन तथा महिला ५७ केजीमुनि पलेशा गोवर्धनले नेपालको प्रतिनिधित्व गर्ने छन् ।

पलेशा चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य पदक विजेता हुन् । बाँकी दुईको भने यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।
प्रशिक्षकमा कविराज नेगी लामा छन् । मार्च १७ मा हुने प्रतियोगितामा सहभागी हुन टोली आगामी बिहीबार चीन प्रस्थान गर्ने छ । हरेक स्पर्धामा पहिलो हुने खेलाडी पेरिस पारालिम्पिकलाई छनोट हुने प्रावधान छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले टोलीलाई सफलताको शुभकामना दिदै आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।

छनोट प्रतियोगिता खेलाडीका लागि चुनौतीसँगै इतिहास दोहोर्‍याउने अवसर भएको बताउदै उनले खेलाडीको तयारी बारे चासो व्यक्त गरेका थिए ।
‘छनोट प्रतियोगिता तपाईंहरुका लागि चुनौतीसँगै इतिहास दोहोर्‍याउने अवसर पनि हो । नेपाली ओलम्पिकको इतिहासमा अहिलेसम्म तेक्वान्दोबाहेक कुनै पनि खेलका खेलाडीले छनोट चरण पार गरी खेलेको छैन । संगीना वैद्य र दीपक विष्टले त्यो उपलब्धी हासिल गर्नु भएको छ । उहाँहरु पछि तपाईंहरुलाई इतिहास रच्ने मौका छ,’ सदस्यसचिव घिसिङले भने, ‘निर्भिक भएर उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शन गर्नुस् । खेलका दौरान खेलाडी मात्र होइन प्रशिक्षक पनि चनाखो हुन एकदमै जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्