मोरङ जिल्ला स्नोकर च्याम्पियनसिपको उपाधि विजय श्रेष्ठलाई

मोरङ जिल्ला स्नोकर च्याम्पियनसिपको उपाधि विजय श्रेष्ठलाई

विराटनगर । विराटनगरमा जारी मोरङ जिल्ला स्नोकर च्याम्पियनसिपको उपाधी विजय श्रेष्ठले हात पारेका छन् ।

विराटनगरमा आईतबार सम्पन्न मोरङ जिल्ला स्नोकर च्याम्पियनसिपको फाईनल खेलमा विजय श्रेष्ठले विशाल निरौलालाई ४/२ को सेटको अन्तरले पछी पार्दै श्रेष्ठले उपाधी चुमेका हुन् ।

विराटनगरको हस्पिटल चौकमा रहेको फष्ट ब्रेक स्नोकर एण्ड पुल हाउसले आयोजना गरेको मोरङ जिल्ला स्नोकर च्याम्पियनसिप प्रतियोगितामा ५६ जनाले सहभागिता जनाएका थिए ।

विजेतालाई कार्यक्रमका प्रमुख अतिथी एरागन होटल मेनेजमेन्ट स्कुलका चेयरमेन अमित महतो र क्लवका अध्यक्ष नारायण दास श्रेष्ठ पुरस्कार प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्