शासन व्यवस्थाको सुदृढीकरण नै अहिलेको राष्ट्रिय कार्यभार : प्रधानमन्त्री दाहाल

<span class='c1'>शासन व्यवस्थाको सुदृढीकरण नै अहिलेको</span> <span class='c2'>राष्ट्रिय कार्यभार : प्रधानमन्त्री दाहाल</span>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थाको सुदृढीकरण र आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्नु अहिलेको राष्ट्रिय कार्यभार भएको बताएका छन् ।

सोमबार ग्याल्पो ल्होसारको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको सुदृढीकरण अहिलेको प्रमुख कार्यभार भएको बताएका छन् । ग्याल्पो ल्होसार पर्वलाई शेर्पा समुदायले नयाँ वर्षकारुपमा मनाउने गर्दछन् ।

प्राचीन उत्पादन पद्धतिमा आधारित मौलिक एवं ऐतिहासिक पर्व ग्याल्पो ल्होसार भएको भन्दै प्रधानमन्त्री दाहालले ल्होसारले सबैमा आन्तरिक राष्ट्रियता, आपसी सद्भााव, सहिष्णुता, सहकार्य र एकता थप सुदृढ गर्ने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्