ईटहरीबाट अबैध लागुऔषध खैरो हेरोईनसहित २ जना पक्राउ

ईटहरीबाट अबैध लागुऔषध खैरो हेरोईनसहित २ जना पक्राउ

विराटनगर । सुनसरीको ईटहरी उप-महानगरपालिका १६ बाट प्रतिबन्धित लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागू औषध खैरो हिरोईनको खरिद बिक्री कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा फागुन २७ गते, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह( पीआइटी) र ईलाका प्रहरी कार्यालय ईटहरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले प्रदेश १-०२-०४७ प. १९५३ नम्बरको मोटरसाईकलमा सवार रहेका ईटहरी उप-महानगरपालिका १६ का ३१ वर्षीय सुजन भन्ने बालकृष्ण घिमिरेलाई चेकजाँच गर्ने क्रममा निजले चुरोटको बट्टामा लुकाई राखेको ४ ग्राम ७७० मिलिग्राम र उनैले घरमा लुकाई राखेको ३ ग्रामसहित जम्मा ७ ग्राम ७७० मिलिग्राम खैरो हेरोईनसहित उनलाई पक्राउ गरेको हो।

सोही घटनामा संलग्न रहेका ईटहरी-८ का २३ वर्षीय प्रिवेष पौडेललाई समेत नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्