सञ्चारकर्मी मणिराम दाहाल सम्मानित

<span class='c1'>सञ्चारकर्मी मणिराम</span> <span class='c2'>दाहाल सम्मानित</span>

सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिका ५ स्थित पूर्वाञ्चल पब्लिक स्कुलले १५ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस समाराेह विभिन्न कार्यक्रम गरि मनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नगरका संस्थापक नगर प्रमुख शिवप्रसाद ढकाल  थिए । कार्यक्रमकाे अवसरमा समाजमा महत्त्वपूर्ण कार्य गर्ने विभिन्न व्यक्तित्वहरूलाई सम्मानित गरिएको थियाे । सम्मानित हुनेहरूमा पत्रकार मणिराम दाहाल तथा उनकी श्रीमती मन्जु तिम्सिना दाहाल साथै  समाजसेवी भगवान माैक्तान र श्रीमती खीनामाया माैक्तान तथा लाेकगायक बालकृष्ण सिग्देल र सरस्वती सिग्देललाई कार्यकाे उच्च मुल्यांकन गर्दै सम्मानित गरिएको थियाे ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल सन्ताेष राईले विद्यालयकाे प्रगति प्रतिवेदन तथा भावी याेजना प्रस्तुत गरेका थिए । कार्यक्रममा पूर्व  विद्यार्थी ,अभिभावक तथा विविध विधामा उत्कृष्ट हुने विद्यार्थी तथा शिक्षक कर्मचारीलाई प्रशंसापत्र मार्फत सम्मान गरिएकाे थियाे । विद्यार्थीद्वारा उत्कृष्ट नृत्य तथा गीतसंगित प्रस्तुत गरिएको कार्यक्रमकाे सञ्चालन विद्यालयका अध्यक्ष माेहनप्रसाद ढकालबाट भएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्