छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

विराटनगर । उदयपुर, झापा र मोरङमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मुत्यु भएको छ ।

प्रहरीका अनुसार झापाको बिर्तामोड-६ मा साइकलबाट लडेर सोमबार ४२ वर्षीय सन्तोष राईको मृत्यु भएको छ ।

सडक किनारमा लडेको अवस्थामा देखेर स्थानीय बासिन्दाले प्रहरीमा खबर गरेका थिए । प्रहरी पुग्दा उनी मृत अवस्थामा फेला परेको जनाइएको छ ।

यस्तै, उदयपुरस्थित मदन भण्डारी लोकमार्गको गाईघाट-कटारी सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार त्रियुगा नगरपालिका-७ होक्सेमा बसको ठक्करले मोटरसाइकल चालक इलामको सूर्योदय नगरपालिका-११ का २३ वर्षीय प्रदित राईको मृत्यु भएको हो ।

यसैगरी, मोरङको कानेपोखरी गाउँपालिका-७ मा नालीमा लडेर एक वृद्धाको ज्यान गएको छ ।

प्रहरीका अनुसार घरनजिक बन्दै गरेको नालीमा लडेर स्थानीय ७३ वर्षीया इन्द्रकुमारी लिम्बूको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्