रास्वपाले इलाम-२ को उपनिर्वाचनमा उम्मेदवारी दिने

<span class='c1'>रास्वपाले इलाम-२ को</span> <span class='c2'>उपनिर्वाचनमा उम्मेदवारी दिने</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इलाम-२ मा हुने उपनिर्वाचनमा भाग लिने निणर्य गरेको छ ।

पार्टीको सोमबार बसेको केन्द्रीय समिति बैठकले वैशाख १५ गते हुने उपनिर्वाचनमा भाग लिने तर,बझाङमा भने भाग नलिने निणर्य गरेको प्रवक्ता मुकुल ढकालले बताए ।

उनले भने,‘इलामको उपनिर्वाचनमा भाग लिने, बझाङमा नलिने निणर्य भएको छ । साथै सरकारमा सहभागी हुने निणर्यलाई अनुमोदन गर्दै पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई सहयोग गर्दै यस ऐतिहासिक अवसरलाई आवश्यक योगदान र समन्वय गर्ने निणर्य गरियो ।’
बैठकले उम्मेदवार भने टुंगो लगाएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समीकरणका लागि बनाएको नयाँ गठबन्धनमा सामेल भएर सरकारमा सहभागी रास्वपाले उपनिर्वाचनमा भाग लिने नलिने अन्योल थियो ।

गठबन्धनमा एमाले, माओवादी, रास्वपा, जसपा र एकीकृत समाजवादी छन् । अघिल्लो गठबन्धनमा दलहरुले सीट बाँडफाँट गरेर सहमतिमा उम्मेदवारी दिँदै आएका थिए । यसपटकको गठबन्धनमा आफू सामेल भए पनि निर्वाचनमा भने भाग लिने निणर्य रास्वपाले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्