तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्ति सिफारिस

तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्ति सिफारिस

काठमाडौं । सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गराएर रिक्त्त हुने पदहरुमा नयाँ नियुक्तिको लागि सिफारिस गर्ने भएको छ ।

मन्त्रीपरिषद्को सोमबारको बैठकले तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गराएर मधेस प्रदेशमा सुमित्रा भण्डारी,गण्डकीमा लागि डिल्लीराज भट्ट र सुदुरपश्चिम नजिर मियाँलाई नियुक्तिका लागि सिफारिस गर्ने निणर्य गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन ।

उनले भनिन्, ‘गण्डकी,मधेस र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखहरु पदमुक्त गराउने सम्माननयि राष्ट्रपति समक्ष सिफारीस गर्ने भन्ने निणर्य भएको छ । रिक्त हुने पदहरुमा नियुक्ति गर्न सिफारिस गर्न मधेस प्रदेशमा सुमित्रा भण्डारी,गण्डकीका लागि डिल्लीराज भट्ट र सुदूरपश्चिम नजिर मियाँलाई सिफरिस गर्ने निणर्य भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्