टी–२० राष्ट्रिय क्रिकेटः गण्डकीको कप्तान विपिनलाई कारबाही

टी–२० राष्ट्रिय क्रिकेटः गण्डकीको कप्तान विपिनलाई कारबाही

विराटनगर । गण्डकी प्रदेशका कप्तान विपिन खत्री कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगिता कारबाहीमा परेका छन् ।

आइतबार पुलिससँग भएको खेलमा पुलिका खेलाडी शंकर रानाको स्टम्पिङको अपिल गरे पछि अम्पायरले आउट नदिको भन्दै खेल सकिए पछि विपिनले अम्पायरको गलत निर्णयले हामी पराजित भएको हो भने पछि विपिन कोड अफ कन्डकट लेवल टु अनुसार कारबाहीमा परेका हुन् ।

म्याच रेफि महमद सफिकले उनलाई म्याच फिको सय प्रतिशत र ३ डिमेरि प्वाइन्ट दिएका छन् । उनले अब १८ महिनाभित्र क्यानले मान्यता दिएको प्रतियोगितामा १ डिमेरि प्वाइनट पाए भने क्यानले मान्यता पाएको प्रतियोगिताको १ खेल प्रतिबन्ध हुने म्याच रेफ्रि सफिकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्