‘मेरो वडा आफैँ बनाउँछु’ अभियानमा एमाले

<span class='c1'>‘मेरो वडा आफैँ</span> <span class='c2'>बनाउँछु’ अभियानमा एमाले</span>

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीले ३२ दिने ‘म मरो वडा आफैँ बनाउँछु’ भन्ने अभियान सञ्चालन गर्ने भएको छ ।

आज बसेको महानगर कमिटीको नवौं पूर्ण बैठकले यो अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

अभियानअन्तर्गत संगठन सुदृढीकरण तथा शुद्धिकरण गर्दै वडाहरुको व्यवस्थापन, टोल कमिटी पुनर्गठन, जनसंगठन गठन तथा पुनर्गठन एवम् व्यवस्थापन, भेला बैठक, जनतासँग जनप्रतिनिधी र जनसरोकारका विषयमा खबरदारी लगायतका कार्यक्रमहरु सञ्चालन गरिने महानगरका अध्यक्ष सागर थापाले बताए ।

उनका अनुसार एमाले महानगरले १९ वटै वडामा वैशाख मसान्तभित्र वडास्तरीय प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गर्ने भएको छ । यस्तै विराटनगर महानगरपालिकाका निर्वाचित जनप्रतिनिधिको दुई वर्षीय कार्य प्रगति विवरण लिएर जनताको बिचमा जाने समेत निर्णय भएको सचिव रोहित कोइरालाले बताए ।

यसैबीच, एमाले महानगर कमिटीले कार्यसम्पादनलाई सहज बनाउन कार्यालय समिति गठन गरेको छ । एमाले महानगरका अध्यक्ष सागर थापा अध्यक्ष, रोहित कोइराला सचिव रहेको ११ सदस्सीय समिति गठन गरेको हो ।

बैठक तथा प्रशिक्षणात्मक कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले जनताका बिचमा उत्कृष्ट कार्यक्रम र योजना लिएर जान निर्देशन दिए ।

उनले भने, ‘अब जनताले गफ हैन काम हेरेर विश्वास गर्ने हो, त्यसैले त्यसतर्फ तपाईहरुको ध्यान पुगोस् ।’ नेकपा एमालेका हरेक नेता कार्यकर्ता जनताप्रति उत्तरदायी भएर अघि बढ्नुपर्ने उनले बताए ।

कार्यक्रममा नेकपा एमाले मोरङका उपाध्यक्ष बाबुराम कार्कीले जनप्रतिनिधि र पार्टीचीको अन्तरसम्बन्ध, नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले दशौं राष्ट्रिय महाधिवेशनका फैसलाहरु र पार्टीको आगामी कार्यदिशा, केन्द्रिय सदस्य रामलाल साहले नेता र कार्यकर्ताबीचको सम्बन्ध र हाम्रो दायीत्व, केन्द्रीय सदस्य तथा विराटनगर महानगरका इन्चार्ज हेमराज राईले दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकतालगायत विषयमा प्रशिक्षण दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्