क्याम्पस प्रमुख र विद्यालयका प्रधानाध्यापक विरुद्ध उजुरी

क्याम्पस प्रमुख र विद्यालयका प्रधानाध्यापक विरुद्ध उजुरी

भविन कार्की
संखुवासभा । संखुवासभाको मादी माध्यमिक विद्यालयका प्रधानाध्यापक र रामेश्वर क्याम्पसका प्रमुख विरुद्ध उजुरी परेको छ ।

मादी माध्यमिक विद्यालयका प्रधानाध्यापक शान्तिकुमार दाहाल र रामेशवर क्याम्पसका प्रमुख मदन बहादुर खत्री विरुद्ध उजुरी परेको हो । प्राज्ञिक विद्यार्थी परिषद नेपालले प्रधानाध्यापक दाहाल र क्याम्पसका प्रमुख खत्री विरुद्ध विषयमा जिल्ला समन्वय समिति संखुवासभामा लिखित उजुरी दिएका हुन् ।

हालै सम्पन्न नेकपा एमाले संखुवासभाको जिल्ला अधिवेसनबाट मादी माध्यमिक विद्यालयका प्रधानाध्यापक शान्तिकुमार दाहाल उपाध्यक्ष तथा रामेशवर क्याम्पसका प्रमुख मदन बहादुर खत्री जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका हुन् । उक्त विष्यमा जिल्ला समन्वय समिति संखुवासभाले नेकपा एमाले संखुवासभामा लिखित रुपमा जवाफ माग गरेको छ । जिल्ला समन्वय समिति संखुवासभाले जिल्ला निर्वाचन कार्यालय,मादी नगरपालिका र प्राज्ञिक विद्यार्थी परिषद नेपाललाई बोधार्थ समेत दिएको छ । शिक्षा ऐन, २०२८ को दफा १६ (ङ) ५ को (छ) मा शिक्षक कर्मचारी राजनैतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा पदबाट हटाउने ब्यवस्था रहेको छ ।

एमाले उपाध्यक्षमा प्रधानाध्यापक दाहाल सहित पाँचजनाले प्रतिस्पर्धा गरेका थिए । उपाध्यक्षमा प्रतिस्पर्धी धनसिंह जिमी, सुमन श्रेष्ठ, यादव अधिकारी र वाङदावी भोटेलाई पछि पार्दै दाहाल एक सय ६८ मतसहित विजयी बनेका थिए । धेरैले विद्यालयको प्रधानाध्यापक राजनीतिक पार्टीको जिल्ला कमिटीमा बस्न मिल्छ ? भन्दै प्रश्न गरेका छन् । नेपाली शिक्षकहरुलाई सधैँभरी राजनीति गरेको आरोप लाग्ने गरेको छ । शिक्षकले राजनीति गरेकै कारण सार्वजनिक शिक्षाको अवस्था खस्केको आम बुझाई रहेको छ । शिक्षक नियुक्तिमा राजनीति छ, सरुवामा राजनीति छ, बढुवामा राजनीति छ, प्रअ छनौटमा राजनीति छ। राजनीतिक आस्थाको आधारमा अवसर प्रदान गरिने परिपाटी छ । शिक्षक माथि शासन गर्ने शासकहरुको भुमिका पक्षपातपूर्ण रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्