विराटनगरको इको पार्कमा शुक्रबार र शनिबार रोजगार मेला

<span class='c1'>विराटनगरको इको पार्कमा शुक्रबार</span> <span class='c2'>र शनिबार रोजगार मेला</span>

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा आगामी चैत २ र ३ गते रोजगार मेला आयोजना हुने भएको छ ।

विभिन्न सस्थाहरुको समन्वयमा युवा रोजगारीको अभिवृद्धिका गर्ने लक्ष्यसहित महानगरपालिकाले शुक्रबार र शनिबार बिहान १० देखि ५ बजेसम्म इको फन पार्क (विरेन्द्रसभा गृह छेउ) मा मेला आयोजना गर्ने भएको हो ।

स्थानीय रुपमा रोजगारीको खोजीमा रहेका जनशक्तिलाई स्थानीय उद्योग व्यवसाय, बैंकिङ्ग, पर्यटन, होटल, बैंक, विमा, विद्यालय तथा निजी व्यवसायिक क्षेत्रमा रोजगार उपलब्ध गराउनको लागि सुचनाको पहुँच स्थापना, सहजीकरण र समन्वयात्मक भूमिका निर्वाह गर्न मेला आयोजना गरिने भएको छ । बेरोजगार युवाहरुलाई रोजगार बारे सुचना दिलाउने उद्देश्य राखिएको मेलामा प्राविधिक, प्रशासनिक, उद्योग र श्रमिक क्षेत्रका व्यक्तिहरुको सहभागिता हुने उल्लेख छ ।

दक्षता अनुसारको रोजगारीको खोजिमा रहेका युवाहरु प्रत्यक्ष रोजगारदातासँग भेट, युवा जनशक्ति र रोजगारदातालाई जनशक्ति खोज्न र रोज्न सहयोग पुग्ने,
स्थानीय क्षेत्रमा रहेका रोजगारका क्षेत्र, सूचना तथा अवसरको जानकारी र सीपमूलक तालिमहरुको अवर सम्बन्धि जानकारी गराउने लक्ष्य राखिएको छ ।
रोजगारको वर्तमान अवस्थाको बारेमा पाश्वं चित्र र सफलताको कथा, रोजगार तथा उद्यमी सँगको सम्वाद कार्यक्रम, वृत्ति विकास सम्बन्धी परामर्श सेवा तथा जानकारी, रोजगार खोजकर्ता र रोजगारदाताको तथ्यांक संकलन गरी नमुना रोजगार सेवा केन्द्रको मार्फत सहजिकरण हुने अनुमान गरिएको छ ।
स्थानीय जनशक्तिलाई स्थानीय स्तरमै रोजगारी उपलब्ध गराउने अभिप्रायले आयोजना गर्न लागिएको महानगर रोजगार मेला मा विभिन्न उद्योग व्यवसायहरुबाट सीपयुक्त जनशक्तिको मागको रहेको छ । यस मेलामा करिब ३००० जना भन्दा बढिको सहभागिता रहने अनुमान गरिएको छ भने करिव १५० भन्दा वढि रोजगारको अवसरहरुको सुचना प्राप्त र प्रत्यक्ष भेटघाटको अवसरको अनुमान गरिएको छ। मेलामा उद्योगका ५, हस्पिटल ३, होटेल ३, बैंक तथा वित्तीय संस्था, शैक्षिक परामर्श केन्द्र, रोजगार केन्द्रका ३८ स्टल हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्