विराटनगरमा २४० कठ्ठा जग्गा खरिद–बिक्रीमा झेल

विराटनगरमा २४० कठ्ठा जग्गा खरिद–बिक्रीमा झेल

विराटनगर । विराटनगर महानगरपालिका–८ हरिहर चौक पूर्वको १२ बिघा जग्गा खरिद–बिक्री कारोबारका लागि भएको सम्झौतामा झेली गरिएको छ । साविक विराटनगर–६ को कित्ता नम्बर २६२, २६३, २६४, २६८, २६१, २६०, ३३५०, २९७७, २९७८, ३३४९, ३१०, २५० मा २४० कठ्ठा जग्गाको स्वामित्व रहेका केशवप्रसाद भन्ने विश्व प्रसाद कोइराला परिवारले कारोबारमा बेइमानी गरेको आरोप लागेको हो ।

केशवसहित छोरीहरु निकिता, निविता र निलु कोइरालाको नाममा रहेको जग्गा २०७५ पुस १ गते विराटनगर–८ का नवराज पोरखेलले प्रतिकठ्ठा २५ लाखले बैना गरेका थिए । तत्कालिन वडा कार्यालयका अध्यक्ष निश्चल अर्यालको रोहबरमा पोखरेलको नवयुग हाउजिङ्ग कम्पनी लि. बैना गरेर सम्झौता अनुसार प्लानिङ गरेका थिए । तर, २०७५ पछि २०८० सालसम्म समेत कोइराला परिवारले जग्गाको स्वामित्व हस्तान्तरण गर्न नचाहेपछि कारोबारी कम्पनीका सञ्चालक दुनियाँको बैना असजिलोमा फसेका हुन् ।

सम्भौता अनुसार पोखरेलको कम्पनीले टंक पोखरेललाई जग्गामा बाटो, बिजुली जस्ता कामको जिम्मेवारी दिइएको थियो । जग्गामा संरचना निर्माण गरेका पोखरेलले २ करोड ९८ लाख ९० हजार रुपैँया लागत खर्च गरेका थिए । उनले हालसम्म दुई करोड रुपैँया पोखरेलसँग भुक्तानी लिन बाँकी रहेको गुनासो गरे ।
कोइरालाको जग्गामा मोहियानी हक रहेको थियो । मोहीहरुलाई प्रति बिघा पाँच कठ्ठा दिनेगरि कारोबारी पोरखेलले सहमति गराएका थिए । उक्त सहमतिपछि जग्गामा कुनै पनि किचलो नरहेको भन्दै कोइराला परिवारले कारोबारी पोखरेलसँग सम्झौता गरेका थिए ।

सम्झौता अनुसार प्रतिकठ्ठा २५ लाखका दरले सबै जग्गा पोखरेलको नवयुग हाउजिङ कम्पनीले प्लानिङ गरेर बिक्री गर्ने उल्लेख थियो । जस अनुसार पोखरेलले ७ करो ५० लाख कोइराला परिवारलाई भुक्तानी गरिसकेको छ । भुक्तानी भएको उक्त रकममध्ये गतवर्ष ११ कठ्ठा १६ धुर जग्गा कोइराला परिवारले पोखरेलको कम्पनीलाई पास गरिदिए । सम्झौता अनुसार त्यो २ करोड ५० लाख मूल्य बराबरको जग्गा मात्रै हो । लगानी गरेको पाँच करोड बराबरको जग्गा पास गरिदिन आनाकानी गरेपछि पोखरेल बैना लिएका व्यक्तिको दवावमा फसेको बताउँछन् ।
पोरखेलले प्लानिङ गरेको जग्गामा २५ जनाले बैना गरेका छन् । बैना गरेकाहरुलाई जग्गा उपलब्ध गराउन असजिलो भएको भन्दै उनले कारोबारमा झेल हुँदा आफू नराम्रोसँग फसेको मंगलबार पत्रकार सम्मेलनमा गुनासो गरे । पोरखेलले प्लानिङ गरेको जग्गामा दिपकराज बिष्ट र संजीव विष्टले ७५ लाख रुपैँया बैना बुझाएका थिए । बिष्टले आफ्नो पैसा डुबेको हेरेर बस्नु बाहेकको विकल्प नरहेको बताए । उनले जग्गाको पहिलो कारोबारमा भएको सम्झौता कार्यन्वयन नहुँदा धेरैको रकम डुबेको बताए ।

कोइरालाहरुको नाममा रहेको जग्गा प्लानिङ गर्नु अगाडी चौर मात्रै थियो । जग्गामा मोहीयानी हक लाग्ने भएपछि उनीहरु त्यसै बसेका थिए । कोइराला परिवारका भान्जा दिपक कुमार ढुंगेलले पोखरेललाई मोहीयानी हक भएका व्यक्तिहरुलाई मिलाएर जग्गा प्लानिङ गर्ने जिम्मेवारी दिएका थिए ।
कोइराला परिवार र कारोबारी पोरखेलबीच सम्झौताको साक्षीमा समेत ढुंगेल बसेका थिए । तर, अहिले कोइराला परिवारले पोखरेललाई जग्गा दिन आनाकानी गर्दै आएका छन् । जग्गामा पोखरेलसँग बैना गरेका धिरज दाहालले कारोबारमा कोइराला परिवारले बेइमानी गरेको आरोप लगाए । पत्रकार समेत रहेका दाहालले केशव कोइराला विराटनगर महानगरपालिकाका अहिलेको मेयर नागेश कोइरालाको काका भएकाले पनि बेइमानी भईरहेको गुनासो गरे । दाहालका अनुसार कारोबारको विषयमा छलफल गराई दिन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपछि जिल्ला प्रहरी कार्यालयलाई निर्देशन भएपनि हालसम्म चासो देखाएको छैन । प्रहरीले चाहेर पनि सकिरहेको छैन, दाहालले भने–मेयरले फोन गरेर अल्झाई दिन्छन् ।

कोइराला परिवारसँग सम्झौता गरेपछि त्यहाँसम्म पुग्नका लागि बाटो खुलाउन दुई कठ्ठा जग्गा उपलब्ध गराएका काँग्रेसका नेता बिनायक पन्तले समेत भुक्तानी पाएका छैनन् । पन्तले आफ्नो जग्गा दिएर खुलेको बाटो सरकारी बनिसकेको छ । अब त्यसलाई हटाउन समेत नमिल्ने अवस्था छ । त्यो बाटो खुलेर सरकारी भएका कारण समेत कोइराला परिवारले बेइमानी गरेको बुझाई पन्तको छ । ‘यी सामन्ती नै थिए, अहिले पनि सामन्ती नै हुन्’ पन्तले भने–सयौं व्यक्तिहरुको पैसा डुबेको यिनीहरुलाई मतलव छैन तर छोरी÷नातिनी अमेरिका उड्न लागेको कुरामा चासो छ । पन्तका अनुसार कोइराला परिवारका कारण जग्गाको कारोबार गर्दै आएका नवराज पोखरेल अत्यन्तै कमजोर अवस्थामा गुज्रिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्