यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

<span class='c1'>यस्ता छन्</span> <span class='c2'>मन्त्रिपरिषद्का निर्णयहरु</span>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वमा नयाँ सत्तासमीकरण बनेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएपछिको पहिलो बैठकले मंगलबार विभिन्न नौं वटा निर्णय गरेको छ ।

सरकारको नाममा रहेको हुम्लाको जग्गा नाम्खा गाउँपालिकामा १५ शैयाको आधारभूत अस्पताल र प्रशासकिय भवन निर्माणका लागि उपलब्ध गराउने निर्णय गरेको छ । त्यसका लागि भुमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सरकारलाई प्रस्ताव गरेको थियो ।

यस्तै, मन्त्रिपरिषद्ले कालिगण्डकी रिणी १३२ केभी प्रसारण लाइनको लागि जग्गा प्राप्तिका लागि क्षतिपूर्ति निर्धारण समितिको अध्यक्ष र सदस्य तोक्ने निर्णय पनि गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
मधेश, गण्डकी र सुदूरपश्चिम तीन प्रदेशमा तीन जना प्रदेश प्रमुखहरु नयाँ नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय पनि मंगलबारकै बैठकले गरेको थियो ।

बैठकले प्रधानमन्त्री तथा मन्त्रिरिषद् कार्यालयमा रहेका सचिव एकनारायण अर्याललाई गृहमन्त्रालयमा पठाएर गृहसचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्