महिला सांसद र पत्रकारलाई ह्यारेसमेन्ट गरिन्छ:उपसभामुख इन्दिरा राना मगर

<span class='c1'>महिला सांसद र पत्रकारलाई ह्यारेसमेन्ट</span> <span class='c2'>गरिन्छ:उपसभामुख इन्दिरा राना मगर</span>

काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले समाजमा मात्रै नभइ संसदमा समेत महिला हिंसा कायमै रहेको बताएकी छन् ।

मंगलबार सिंहदरबारमा आयोजित ‘मिडियामा महिला सांसदको सवाल’ विषयक अन्तरक्रियामा उनले संसदमा महिला सांसदलाई ह्यारेसमेन्ट गरिने उल्लेख गर्दै महिला पत्रकार र सांसदलाई उस्तै जोखिम रहेको बताइन् ।

उनले भनिन्, ‘महिला सांसदहरुलाई अहिले पनि हिंसा गरिन्छ । महिला पत्रकारलाई पनि उत्तिकै गाह्रो छ । बलात्कार गरिन्छ, ह्यारेसमेन्ट गरिन्छ, अगाडि बढ्न दिइदैन । समाजका लागि आवाज उठाइरहेका महिला सांसद तथा निडर र निर्भिक भएर लेखनका लागि डटिरहेका पत्रकारका लागि राज्यले सोच्ने बेला आएको छ ।’

त्यस्तै, रानामगरले कतिपय मानिसहरुले प्रनिधिसभामा उपसभामुख कुनै भूमिका हुँदैन भन्ने गरेको उल्लेख गर्दै उपसभामुख भएर गर्न सकिने कामहरु सडकमा कराएर गर्न नसकिने बताइन । उनले भनिन्, ‘मैले सरकारको पाँच पैसा नखाइकन कयौं बच्चाहरुलाई हुर्काएकी छुँ । मेरो मेहेनतले शून्यबाट सुरु गरेको हुनाले आज मैले जुन पद पाएकी छु, यो मेरो लागि महत्वपूर्ण उपलब्धि हो जस्तो मलाई लाग्छ । यहाँ बसेर म जुन काम गर्न सक्छु यति काम सडकमा कराएर हँुदैन । धेरैले भन्ने गर्नु भएको छ संसदमा उपसभामुखको खासै काम हुँदैन, सभामुखले आराम गर्दा, खाजा खाँदा काम लाग्ने पद हो । तर मलाई यस्तो लाग्दैन । म एउटा संवैधानिक परिषद्की सदस्य हुँ ।’

मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न पत्रकारको महत्वपूर्ण रहेको उल्लेख गर्दै महिला पत्रकारको सुरक्षाका लागि सोच्ने बेला आएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्