‘महाजात्रा’ को टोली विराटनगरमा, चैत्र ९ गते हल हलमा

‘महाजात्रा’ को टोली विराटनगरमा, चैत्र ९ गते हल हलमा

विराटनगर । आउँदो चैत्र ९ गते देश तथा विदेशमा एकैसाथ प्रदर्शन हुने चलचित्र ‘महाजात्रा’ को टोली प्रचारप्रसारको क्रममा विराटनगरमा आईपुगेको छ ।
नेपाल चलचित्र पत्रकार संघ मोरङले विराटनगरको भाटभटेनीमा रहेको क्युएफएक्समा मंगलबार पत्रकार सम्मेलन गरी महाजात्राको टोली प्रचार प्रचारमा देश दौडाहामा निस्कीएको जनाएको छ ।


फिल्म निर्माण पक्ष सहित देश दौडाहामा निस्कीएका फिल्मका मुख्य कलाकारलाई विराटनगरमा चलचित्र पत्रकार संघ मोरङका अध्यक्षले प्रेम देवान ( लुङवा) ले खदा लगाएर स्वागत तथा सम्मान गरेका थिए । प्रचार प्रसारका क्रममा फिल्म निर्माण पक्षले चैत्र ९ गते बाट प्रर्दशनमा आउन लागेको चलचित्रलाई आमदर्शक सामु पुर्याईदिनको लागी विशेष अनुरोध गरेका थिए । साथै महाजात्रा टीमले झापाको विर्तामोडमा चलचित्रको विशेष प्रिमियर शो गर्ने बारे जानकारी समेत गराएको छ ।
चलचित्र रिलिज हुनुअघि पोखरामा पनि बिशेष प्रर्दशनीको व्यवस्था मिलाईएको महाजात्रा टीमले जनाएको छ ।

टीमका अनुसार ‘जात्रा’ र ‘जात्रैजात्रा’ को अपार सफलतापछि चलचित्रको अर्को सिक्वेल महाजात्रा निमार्ण गरिएको हो । चलचित्रमा देशको वर्तमान राजनीतिक परिवेश, आर्थिक मन्दी र बेरोजगारीको समस्या लगायतका बिषयवस्तुलाई समेटन खोजिएको छ । चलचित्रले देशको समसामयिक मुद्दालाई मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गर्नेे प्रयास गरेको हाँस्य कलाकार हरिवंश आचार्यले बताए ।

रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको चलचित्र प्रदिप भट्टराईको निर्देशनमा निमार्ण भएको हो । चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र झा, वर्षा राउत र राजाराम पौडेल लगायतका कलाकारहरुले मुख्य भुमिका छ । चलचित्रमा विगतका दुई सिक्वेलमा गरिएका स–साना कमी कमजोरीलाई समेत सच्याएर लैजाने प्रयास गरिएको कलाकार विपिन कार्कीले बताए ।


यही चैत्र ९ गतेदेखि देश तथा विदेशमा एकैैसाथ प्रर्दशन हुन लागिरहेको चलचित्र महाजात्रा यसअघि प्रर्दशन भईसकेका ‘जात्रैजात्रा’ र ‘जात्रा’ कै तेश्रो सिक्वेल हो । यस सिक्वेलको पहिलो चलचित्र ‘जात्रा’ ७ वर्षअघि २०७३ कात्र्तिक २६ गते प्रर्दशन भएको थियो । चलचित्रको दोश्रो सिक्वेल ‘जात्रैजात्रा’ भने २०७६ जेठ ३ गते देशैभरि प्रर्दशनमा आएको थियो । देश तथा विदेशमा एकैसाथ प्रदर्शनमा आउन लागेको ‘महाजात्रा’ तीन करोड ३८ लाखमा बनेको चलचित्र निर्माण पक्षले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्