बाल संसारको ९ औं बार्षिकोत्सव , विद्यार्थीले देखाए आफ्नो लुकेको प्रतिभा

बाल संसारको ९ औं बार्षिकोत्सव , विद्यार्थीले देखाए आफ्नो लुकेको प्रतिभा

विराटनगर । विराटनगर ५ को रहेको बाल संसार मन्टेश्वरी स्कुलले ९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । हाटखोेलामा रहेको आरोहण गुरुकुलमा स्कुलले ९ औं बार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा कक्षा पिजी देखि ५ सम्मका विद्यार्थीहरुले नृत्य, गायन, बाध्यबाधन, कराँते लगायतका विभिन्न एकल तथा समूहगत रुपमा प्रस्तुती दिएको प्रिन्सीपल खड्ग राईले जानकारी दिनुभयो । कार्यक्रममा विराटनगर महानगरपालिका वडा नं. ५ का वडाध्यक्ष सन्तोष न्यौपाने, पत्रकार महासंघ मोरङका सचिव नेत्र पी अधिकारी लगायतले स्कुललाई गुणस्तरिय शिक्षामा जोड दिनु भएको थियो । स्कुलले अध्यापनका साथै विद्यार्थीको प्रतिभा प्रस्फुटनमा सहयोग मिल्ने गरिका गतिविधिहरु पनि गर्दै आईरहेको प्रिन्सीपल खड्ग राईले बताउनुभयो ।

स्कुलले अध्ययन÷अध्यापनका साथसाथै विद्यार्थीको रुची अनुसारको क्रिकेट, फुटबल, कराँते, नृत्य, बाध्यबाधन लगायतका विधामा प्रशिक्षण गराउँदै आएको उहाँले बताउनुभयो । बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको थियो । साथै कार्यक्रममा विद्यार्थीका अभिभावकहरुलाई स्कुलले विभिन्न रमाईलो खेलहरु समेत खेलाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्