बार्सिलोना युरोपेली च्याम्पियन्सको क्वाटरफाइनलमा प्रवेश

बार्सिलोना युरोपेली च्याम्पियन्सको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । स्पेनिस क्लब बार्सिलोना इटालियन क्लब नापोलीलाई पराजित गर्दै युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बार्सिलोना सन् २०२० पछि पहिलो पटक क्वाटरफाइनलमा पुगेको हो । पहिलो लेग एक-एक गोलको बराबरी खेलेको बार्सिलोनाले दोस्रो लेगमा ३-१ को जित निकालेपछि समग्रमा ४-२ को नतिजाका साथ अन्तिम ८ मा स्थान पक्का गर्न सफल भयो ।

बार्सिलोना ४ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो । मंगलबार राति बार्सिलोनालाई जिताउन फर्मिन लोपज, जोआओ क्यान्सेलो र रोबर्ट लेवान्डोस्कीले एक एक गोल गरे । यस्तै, नापोलीका लागि अमिर रहमानीले एक गोल फर्र्काए ।
१५औं मिनेटमा राफिन्हाको पासमा फर्मिन लोपेजले गोल गर्र्दै बार्सिलोनालाई अग्रता दिलाए । त्यसको १७ औं मिनेटमा जोआओ क्यान्सेलोले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । तर, नापोलीले ३० औं मिनेटमा गोल फर्काउँदै अन्तर कम गरेको थियो । नापोलीका लागि अमिर रहमानीले गोल फर्काएका थिए । २-१ ले अगाडि रहेको बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले ८४ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई ३-१ को जित दिलाए । च्याम्पियन्स लिगको क्वाटफाइनल ड्र शुक्रबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्