विराटनगरको मुनलाइट गर्ल्स होस्टल संचालकले नर्सिङ अध्ययनरत छात्राहरुमाथि दुर्व्यवहार गरेपछि…

<span class='c1'>विराटनगरको मुनलाइट गर्ल्स होस्टल संचालकले</span> <span class='c2'>नर्सिङ अध्ययनरत छात्राहरुमाथि दुर्व्यवहार गरेपछि…</span>

विराटनगर । अहिले एउटा भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ छ । गएराति सामाजिक सञ्जाल फेसबुकमा पोष्ट भएको भिडियो बिहानदेखि नै चौतर्फी चासोको विषय बनेको छ ।

विराटनगर महानगरपालिका–८ मा रहेको मुनलाइट गर्ल्स होस्टलकी सञ्चाकलले नर्सिङमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो । भिडियामा छात्राहरुलाई अभद्र व्यवहार गरेको देख्न सकिन्छ ।
सञ्चालकले अग्रिम पैसा नदिएको भन्दै नर्सिङमा अध्ययनरत छात्रालाई कुटपिट गर्दै निकालेकी छिन् । तर, छात्राहरुले एक महिनासम्मको पैसा होस्टल सञ्चालकलाई अग्रिम बुझाई सकेको पिडित छात्राहरुले बताएका छन् ।
होस्टलकी सञ्चालक मधु रेग्मीले अग्रिम होस्टलको पैसा माग्दै छात्रालाई कुटपिट गरेर किताब कापी फ्यालेको घटना सामाजिक सञ्जालमा भिडिओ मार्फत सार्वजनिक भएको हो ।

पीडित छात्राहरुको भनाई अनुसार होस्टल सञ्चालक रेग्मी आफू काठमाडौं जानुपर्ने भन्दै अग्रिम रूपमा होस्टलको पैसा माग्न मंगलबार साँझ ६ बजेतिर होस्टल पुगेकी थिइन् । तर, नर्सिङकी विद्यार्थीले केही दिनपछि कलेजमा नै होस्टल व्यवस्थापन हुने टुंगो भएका होस्टल छाड्दै थिइन् ।
तर कहिले छाड्ने भन्ने टुङ्गो नभएको भन्दै अग्रिम पैसा माग्ने क्रममा अभद्र व्यवहार गरिएको पिडित विद्यार्थीहरुलाई उदृत गर्दै विराटनगर नर्सिङल क्याम्पसका स्ववियु सभापति प्रशंसा पौडलले जानकारी दिइन् ।

पीडितको निर्णय अनुसार फेरी त्यस्तो घटना नदोहोरियोस् भन्नका लागि सञ्चालक विरुद्ध उजरी गर्न जिल्ला प्रहरी कार्यालय मोरङ पुगेको समेत उनले जनकारी दिएकी छिन् । भिडियोमा होस्टल सञ्चालक रेग्मीले महिना दिनको पुरै भाडा मागेको  देखिन्छ । तर विद्यार्थीले एक, दुई दिनपछि होस्टल छाड्ने र त्यतीबेलासम्मको मात्रै भाडा दिने बताएकी छन् ।

तर, होस्टल सञ्चालक रेग्मीले भने महिना दिनको भाडा नदिए अहिल्यै निस्केर जान भन्दै कुटपिट गरेको भन्दै नर्सिङ क्याम्पसको स्ववियु समक्ष पीडितले बताएको अध्यक्ष पौडेलले जानकारी दिइन् ।

होस्टलको रुममा तीन छात्रा बस्दै आएका थिए । उनीहरू विराटनगरस्थित नर्सिङ क्याम्पसको बिएनएस, बिएससी र नर्सिङ प्रथम वर्षमा अध्ययनरत हुन् । यो विषयमा होस्टलको सञ्चालक रेग्मिलाई बुझ्न खोज्दा उनको सम्पर्क नम्बर अफ छ भने उनले सञ्चालन गर्दै आइरहेको होस्टलको होडिङबोर्ड र सामाजिक सञ्जाल फेसबुकको एकाउण्ड डिएक्टिभ गरिएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्