मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक विरुद्ध जाहेरी दिने तयारी

मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक विरुद्ध जाहेरी दिने तयारी

विराटनगर । मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक मधु रेग्मी विरुद्ध नर्सिङ अध्ययनरत छात्राहरुले जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिने तयारी गरेका छन् ।

होस्टल सञ्चालक रेग्मीले अग्रिम भाडा माग्दै दुर्व्यवहार गरेको भिडियो गएराति सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । छात्राहरु विराट नरर्सिङ क्याम्पसमा अध्ययनरत छात्राहरु हुन् । घटनापछि उनहीहरुलाई क्याम्पसको होस्टेलमा व्यवस्थापन गरिसकेको क्याम्पस प्रशासनले जनाएको छ ।

क्याम्पस प्रमुख मेनुका भण्डारीले आफूहरु पिडित छात्राहरुसहित जिल्ला प्रहरी कार्यालय मोरङमा होस्टल सञ्चालक विरुद्ध जाहेरी दिन पुगेको जानकारी दिइन् ।
‘हामी जिल्ला प्रहरी कार्यालयमा आएका छौँ, पिडिक पक्षलाई पनि बोलाएको छ । दुईवटा पक्षलाई छलफलमा राखिएको छ,’ क्याम्पस प्रमुख भण्डारीले भनिन्,‘ विद्यार्थीहरुको गार्जेनको हिसाबले म पनि आएकी छु । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्