मोरङ सहकारीमा दुईवर्षदेखि निःशुल्क डायलासिस सेवा

मोरङ सहकारीमा दुईवर्षदेखि निःशुल्क डायलासिस सेवा

विराटनगर । लायन्स क्लव इन्टरनेशनलको मानवीय सहायता परियोजना अन्तर्गत मोरङ सहकारी अस्पतालमा दुईवर्षदेखि निरन्तर निःशुल्क डायलासिस सेवा सञ्चालनमा रहेको छ । मोरङ सहकारीका सञ्चालक एवं लायन्स क्वल ३२५ सीका प्रथम उपाध्यक्ष विकास अधिकारीको पहलमा स्थापना भएको डायलासिस केन्द्रले दैनिक २१ जनासम्म बिरामीलाई निःशुल्क सेवा प्रदान गर्दै आएको हो ।

विराटनगर–२ मा स्थापना भएको अस्पतालले स्वास्थ्य मन्त्रालयसँग सेवा प्रदान गर्न सम्झौता गरेको छ । मन्त्रालयले सेवा वापत दुई हजार ५०० रुपैँयाप्रति व्यक्तिको रकम उपलब्ध गराउँदै आएको छ । सञ्चालक अधिकारीका अनुसार सरकारले अनुदान दिने रकमले डायलासिस गर्न पुग्दैन । तर, अस्पतालमा स्थापना भएको डायलासिस केन्द्रले भने शुल्क लिदैन । औषधी लगायतका शिर्षकमा अन्य अस्पतालहरुले रकम लिने गरेपनि मोरङ सहकारीले कुनैपनि शुल्क नलिने गरेको हो ।

डायलासिस केन्द्र स्थापनाका लागि सहकारी अस्पतालले आफ्नो संरचना उपलब्ध गराएको हो । जसमा लायन्स क्लव इन्टरनेशनल र सहकारी अस्पतालको दुई करोड रुपिँया लागत रहेको छ । सातवटा मेशिनबाट दुईवर्षदेखि दैनिक १५ देखि २१ जनासम्मको डायलासिस हुँदै आएको अधिकारीले जानकारी दिए । दैनिक तीन सिफ्टमा डायलासिस सेवा प्रदान हुने गरेको छ । सिफ्टमा सातजनासम्मले सेवा लिन पाउने सुविधा रहेको छ । डायलासिस केन्द्र २०७८ साल जेठमा सञ्चालनमा आएको हो । अधिकारीका अनुसार कुनैपनि डायलासिस गर्नुपर्ने बिरामीले वडाको सिफारिस लिएर आएमा सेवा दिइने गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्