मुनलाइट गल्स होस्टलकी सञ्चालक विरुद्ध उजुरी, म्याद थपेर अनुसन्धान गर्दै प्रहरी

मुनलाइट गल्स होस्टलकी सञ्चालक विरुद्ध उजुरी, म्याद थपेर अनुसन्धान गर्दै प्रहरी

विराटनगर । विराटनगर महानगरपालिका—८ मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक मधु रेग्मीलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छ । मंगलबार साँझ विराटनगर नर्सिङ क्याम्पसमा बीएनएस र बीएस्सी नर्सिङमा अध्ययनरत छात्रामाथि दुव्यवहार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

दुव्र्यवहारका भिडियो सामाजिक सञ्जालमा आएपछि रेग्मीलाई पक्राउ गर्न चौतर्फी दवाव बढेको थियो । पीडित छात्राले उजुरी दिएपछि पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख एसपी नवराज कार्कीले जानकारी दिएका छन् । पक्राउ परेकी रेग्मीलाई मोरङ प्रहरीले अभर्द व्यवहारको मुद्दामा म्याद थप गर्ने तयारी गरेको हो । ‘उनी विरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङबाट म्याद लिईने छ ।

होस्टेलमा बसिरहेका विद्यार्थीहरुले चैत महिनाको अग्रिम रकम दिन नमानेपछि रेग्मीले विद्यार्थीहरुमाथि आफ्नो आक्रोश नराम्रोसँग पोखेकी छिन् । दर्ता गरेर सञ्चालनमा ल्याइएको होस्टेल सार्वजानिक हुने भएपनि उनले व्यक्तिगत घरमा बसेको सरहको व्यवहार देखाएकी छिन् । व्यक्तिगत घरमा कोठामा बसेका भाडादारलाई समेत यस्तो गर्न भने पाइदैन ।

विराटनगर नर्सिङ क्याम्पस पहिलो वर्षमा भर्ना भएका जुम्ला, पाल्पा र कन्चनपुर घर भएका विद्यार्थी हुन् । उनीहरु उक्त होस्टेलमा ३ फागुनदेखि बसिरहेका थिए । उनीहरुले ३ चैतसम्मका लागि अग्रिम ८ हजार रुपैयाँ बुझाएका थिए । कलेजकै होस्टेलमा बस्नेहरु भनेर नाम निस्किएपछि उनीहरु त्यहाँ सर्न चाहेका थिए । त्यो कुरा थाहा पाएकी रेग्मीले चैतको पैसा दिनुपर्ने दवाव दिईरहेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्