विराटनगर महानगरद्वारा नहरको ६ किलोमिटर कालोपत्रे गर्न बोलपत्र आह्वान

विराटनगर महानगरद्वारा नहरको ६ किलोमिटर कालोपत्रे गर्न बोलपत्र आह्वान

विराटनगर । विराटनगर महानगरपालिकाले सुनसरी–मोरङ सिंचाई आयोजना अन्तर्गतको ६ किलोमिटर दुरी कालोपत्रे सडकमा स्तरोन्नती गर्ने भएको छ । महानगरपालिकाले फागुन ४ गते बोलपत्र खुलाउँदै ईच्छुक निर्माण व्यवसायीसँग प्रस्ताव माग गरेको हो । आगामी चैत ४ गतेसम्म यसको म्याद राखिएको छ ।

महानगरपालिकाले सिंचाई आयोजना अन्तर्गत कालोपत्रे हुन बाँकी रहेको केशलिया दक्षिण विराटनगर–११ को क्षेत्र र विराटनगर–१२ को ४.५ किलोमिटर दुरी कालोपत्रे गर्ने भएको हो । केशलिया दक्षिण वहने नहरको पूर्वतर्फको भाग रानी–विराटनगर सडकको अभिभावक चौकसम्म जोडिने छ ।

महानगरपालिकाका योजना महाशाखा प्रमुख अर्जुन थापाका अनुसार केशलियाबाट सुरु भएर ४.५ किलोमिटरमा बहुवर्षे योजना अनुसार कालोपत्रे गर्न सुचना निकालिएको छ । यस्तै यहि कार्यक्रम अनुसार अर्को प्याकेजमा कन्चनबारी पश्चिम नोबेल मोडिने पूर्वतर्फको भाग कालोपत्रे गरेर राजबंशी चौकदेखि आएको सडकमा जोडिने भएको छ । यसको दुरी १.५ किलोमिटर रहेको छ । महानगरपालिकाले राजबंशी चौक पश्चिम मोडिएर सिधैं रानीसम्म जोडिने सडक सञ्जाल स्थापना गर्न बाँकी रहेको भागको कालोपत्रे गर्ने योजना अगाडी सारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्