होस्टल सञ्चालकलाई कारबाहीको माग राख्दै विद्यार्थी संगठनले बुझाए सिडियोलाई ज्ञापनपत्र

होस्टल सञ्चालकलाई कारबाहीको माग राख्दै विद्यार्थी संगठनले बुझाए सिडियोलाई ज्ञापनपत्र

विराटनगर । मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक मधु रेग्मीलाई कारबाहीको माग राख्दै स्वतन्त्र विद्यार्थी युनियनले ज्ञापनपत्र बुझाएका छन् ।

विराटनगर महानगरपालिका—८ मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक रेग्मीलाई पक्राउ गरी कारबाहीको माग (विराट नर्सिङ क्याम्पस) , क्याम्पस प्रशासन र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन लगायतले जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरुले दोषिलाई कारबाहीको दायरामा नल्याए शसक्त प्रतिसोधमा उत्रने समेत चेतावनी दिएका छन् ।

मंगलबार साँझ विराटनगर नर्सिङ क्याम्पसमा बीएनएस र बीएस्सी नर्सिङमा अध्ययनरत छात्रामाथि दुव्यवहार गरेको आरोपमा उनलाई प्रहरीले आज पक्राउ गरेको छ ।
पीडित छात्राले उजुरी दिएपछि पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख एसपी नवराज कार्कीले जानकारी दिएका छन् । पक्राउ परेकी रेग्मीलाई मोरङ प्रहरीले अभद्र व्यवहारको मुद्दामा म्याद थप गर्ने तयारी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्