विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

विराटनगर । नेपाल पुस्तक तथा स्टेशनरी महासंघ जिल्ला शाखा मोरङ र श्री पोखरीया माविको संयुक्त आयोजनामा स्टेशनरी सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।

विराटनगर-१९ स्थित शिवाजी आधारभूत विद्यालयमा आयोजित स्टेशनरी सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको हो।

उक्त विद्यालयका ९० जना विद्यार्थीलाई ४ थान कपी,पेन्सील,डटपेन वितरण गरिएको नेपाल पुस्तक तथा स्टेशनरी महासंघ जिल्ला शाखा मोरङका अध्यक्ष दिनेश पन्तले जानकारी दिए।

उक्त कार्यक्रममा विराटनगर वडा १९ का वडाध्यक्ष श्याम घिमिरे, पोखरीया माविका प्रिन्सिपल खेम भट्टराई,अर्जुन नेपाल,नवराज भट्टराई,दिलीप श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्