विराटनगरको मुनलाइट गर्ल्स होस्टलकी संचालक अस्पताल भर्ना

विराटनगरको मुनलाइट गर्ल्स होस्टलकी संचालक अस्पताल भर्ना

विराटनगर । मुनलाइट गर्ल्स होस्टेलकी संचालक मधु रेग्मी कोशी अस्पतालमा भर्ना भएकी छिन् ।

विराटनगर महानगरपालिका-८ मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक साँझ विराटनगर नर्सिङ क्याम्पसमा बीएनएस र बीएस्सी नर्सिङमा अध्ययनरत छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ गरि रेग्मीलाई अनुसन्धानका लागि म्याद थप गर्न अदालत लगिएको थियो । सोही क्रममा प्रेसरको समस्या भएको र स्वास्थ्यमा समस्या देखिएकाले अदालतबाट म्याद थप गरि अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

अहिले उपचार भइ रहेको र अस्पतालले डिस्चार्ज दिएपछि सम्मानित हिरासतमा ल्याउने तयारी रहेको प्रहरीको भनाइ छ ।
दुर्व्यवहारको भिडियो सामाजिक सञ्जालमा आएपछि रेग्मीलाई पक्राउ गर्न चौतर्फी दवाव बढेको थियो । यो विषयमा अस्पतालका मेसु चन्द्रभाल झालाई बुझ्न खोज्दा यो विषयमा खासै बोल्न चाहेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्