विराटनगर । धरानबाट यात्रु लिएर भोजपुर जादै गरेको बेलोरो गाडी उदयपुरको बेलका नगरपालिका–७ मैनामैनी तुहारापुल भन्दा दुई किलोमिटर माथि दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुबेर खापुङका अनुसार कच्ची सडकमा अग्लो भीरबाट गाडी खस्दा ६ जनाको मृत्यु भएको हो ।
मृतकहरुको पहिचान खुल्न बाँकी छ। घटनास्थलबाट प्रहरीले उद्दार गरेका ७ जनालाई उपचारका लागि धरानतर्फ पठाउने तयारी भईरहेको छ । सप्तकोशी नदीमा जेट बोट सञ्चालन गर्दै आएका राजेन्द्र कार्कीका अनुसार चुहारा पुलतर्फ घाईतेलाई लिन अहिले जेट बोट पठाइएको छ ।
डिआईजी खापुङका अनुसार भोजपुरको हसनपुर प्रहरी चौकीको टोली घटनास्थल पुगिसकेको छ। गाडी नम्बर खुलेको छैन। बोलेरो ८ सय मिटर तल भीरबाट खसेको हो । गाडीमा १४ जना यात्रु रहेका थिए ।