उदयपुर दुर्घटना : चालकसहित सातजनाको मृत्यु, घाईतेको उद्धार

<span class='c1'>उदयपुर दुर्घटना : चालकसहित</span> <span class='c2'>सातजनाको मृत्यु, घाईतेको उद्धार</span>

विराटनगर । उदयपुरको बेलका ७ मा भएको बोलेरो जिप दुर्घटनामा हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार सवारी चालक मानबहादुर बस्नेत बाहेक मृतकको सनाखत हुन सकेको छैन । ६–७ महिनाको बालकसहित ३ जना महिला र २ जना पुरुषको मृत्यु घटनास्थलमै भएको हो ।

प्रहरीले घाईते ८ जनाको उद्धार गरेर उपचारका लागि धरान पठाएको छ । घटनास्थलमा रहेका मिलन सुभाराका अनुसार बोलेरोमा १६ जना सवार रहेको जानकारी प्राप्त भएको छ । ओरालो र घुम्ती बाटोमा बोलेरो भीरबाट झरेको थियो ।

को १ ज २५९३ नम्बरको बोलेरो बिहान दुर्घटनामा परेको थियो । धरानबाट भोजपुरका गएको बोलेरो त्यहाँ पुगेपछि दुर्घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्