पक्राउ परेकी मधु रेग्मीलाई अस्पतालमा राखेर कानुनको आँखामा छारो हाल्ने काम भयो : संयुक्त विद्यार्थी संगठन

<span class='c1'>पक्राउ परेकी मधु रेग्मीलाई अस्पतालमा राखेर कानुनको आँखामा</span> <span class='c2'>छारो हाल्ने काम भयो : संयुक्त विद्यार्थी संगठन</span>

विराटनगर । संयुक्त विद्यार्थी संगठनले विद्यार्थीहरुलाई अमानवीय व्यवहार गरेको आरोपमा पक्राउ परेकी मधु रेग्मीलाई अस्पतालमा राखेर कानुनको आँखामा छारो हाल्ने काम भएको आरोप लगाएको छ ।

बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै संगठनले हिरासदमा रहेकी रेग्मीले एकाएक बिरामी भएको नाटक गर्नु 'कानूनको आँखामा छारो हाल्नु' रहेको उल्लेख गरेको हो।

जारी विज्ञप्तिमा भनिएको छ, "संयुक्त विद्यार्थी संगठन, स्ववियूको पहल र दबाबमा जिल्ला प्रहरी कार्यालय, मोरङद्वारा उक्त होस्टेलकी सञ्चालिकालाई हिरासतमा राखेर प्रक्रिया अगाडि बढाएको कार्यको संयुक्त विद्यार्थी संगठन प्ररोसा गर्दछ । तर हिरासतमा रहेको मानिसलाई झुठो स्वास्थ्य रिपार्ट बनाई अस्पतालामा राखेर कानुनको आँखामा छारो हाल्ने कामको संमुक्त विद्यार्थी संगठनहरु घोर भर्त्सनासहित आपत्ति व्यक्त गर्दछ।'

दोषीलाई बचाउ गर्दै कानूनको आखाँ छल्ने र छारो हाल्ने काम गरे संयुक्त विद्यार्थी संगठन जस्तो सुकै काम अगाडी बढाउन बाध्य हुने संगठनले चेतावनीसमेत दिएको छ । यस्तो अवस्था सिर्जना भए यसको जिम्मेवार जिल्ला प्रशासन कार्यलय, मोरङ हुनुपर्ने संगठनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्