विराटनगर भन्सार कार्यालयबाट निर्यातमा अनलाइन प्रणाली सेवा

विराटनगर भन्सार कार्यालयबाट निर्यातमा अनलाइन प्रणाली सेवा

विराटनगर । भन्सार विभागले विराटनगर भन्सार कार्यालयबाट निर्यातमा अनलाइन प्रणाली सुरु गरेको छ । देशका प्रमुख दश नाकामध्ये विराटनगर भन्सार कार्यालयबाट निर्यातमा अनलाइन प्रणालीको सेवा सुरु गरिएको हो । विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालका अनुसार भन्सार सहजीकरणमा पेपरलेस, फेसलेस र क्यासलेस अवधारणाअनुसार निर्यातलाई अनलाइन प्रणालीमा जोडिएको हो ।

अनलाइन प्रणालीमा चार प्रकारका कागजात निर्यातकर्ताले भन्सार कार्यालयको सिस्टममा अपलोड गरेपछि निर्यातकर्ता वा उसको प्रतिनिधि भौतिक उपस्थित भईरहनु पर्ने प्रमुख भन्सार अधिकृत ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार सिस्टममा प्याकिङ लिस्टसहितको बिजक, उत्पत्तिको प्रमाणपत्र वा जिएसपी (जेनरलाइज सिस्टम अफ प्रिफरेन्सेज) फर्म र भुक्तानीको कागजलाई अपलोड गर्नुपर्ने जानकारी दिनुभयो ।

तर, जिएसपी सुविधा भएका इयु, नर्वे, स्विटजरल्यान्ड, अस्ट्रेलिया, न्युजिल्यान्ड, टर्की बाहेक भारतमा निर्यात गर्दा भुक्तानी प्रमाािणत कागजात आवश्यक पर्दैन । जिएसपी सुविधाअन्तर्गत निर्यात गर्दा आयात गर्ने मुलुकले महसुल छुटको सुविधा दिएको हुन्छ । नेपालबाट निर्यात हुने उनको गलैँचा र गार्मेन्ट लगायतका मालवस्तुमा सुविधा छ । नेपाल र भारतका व्यवसायीबिच उधारो कारोबार हुने भएकोले भुक्तानीको कागजात अपलोड गर्न बाध्य नबनाइएको हो ।

जडिबुटीको निकासीमा वन कार्यालय र हस्तकलाका सामग्रीमा सम्बन्धित संघको सिफारिस जरुरी पर्नेछ । भन्सारको सिस्टममा अपलोड भएका कागजात परीक्षणपछि निर्यातकर्ताले राजस्व अनलाइनबाटै बुझाउन सक्नेछन् । निर्यातकर्ताले राजस्व बुझाएपछि अनलाइनबाटै निर्यातको प्रज्ञानपनपत्र प्रिन्ट गरेर निकाल्न सक्नेछ । भन्सार विभागले बिहीबारदेखि काकडभिट्टा नाकामा समेत यो प्रणाली चालु गरेको जानकारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्