विराटनगर । तस्बिरमा देखिएका विद्यार्थीहरु हुन् श्री श्री रवि शंकर विद्या मन्दिर स्कुलमा अध्ययनरत विद्यार्थी ।
झट्ट हेर्दा होटल मेनेजमेन्ट पढ्ने विद्यार्थी पो हुन् की भन्ने भान हुन्थ्यो । टाउमा सेप क्याप्प, घाटीमा स्कार्फ र शरीरमा एप्रोन लगाएर मिठा मिठा परिकारहरु बनाउनमा व्यस्त देखिन्थे । कोही खानेकुरा पकाईरहेका थिए भने कतिपय विद्यार्थीहरु विभिन्न परिकारको आईटमहरु कटिङ्ग गर्नमा व्यस्त देखिन्थे । पढाईका अतिरिक्त विद्यार्थीहरुका लागि बेलाबेलामा यस्ता कार्यक्रमहरु गर्दै आएको छ । यसै सन्दर्भमा स्कुलले विद्यार्थीहरुलाई खाना बनाउने तरिका बारे रचनात्मक कार्यक्रम गरेको छ ।
कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु अब एसईइ परिक्षाको तयारमा छन् । बर्षौसम्म स्कुलमा पढेका विद्यार्थीहरुले पढाईका अलवा व्यवहारिक सिपमुलक कुरालाई प्रदर्शन गरेका थिए । घर तथा होटलमा उपलब्ध हुने मिठा मिठा परिकारहरु पकाएर आफ्नो क्षमता प्रदर्शन गरेका थिए ।
स्कुलमा पढाईसंगै सैदान्तिक ज्ञान त सिकेका छौँ नै तर मानिसको प्रत्यक्ष दैनिकी जिवनसंग जोडीने यस प्रकारका सिपमुलक ज्ञानहरुले भोलीको दिनमा आफुहरुलाई लागु हुने कक्षा १० मा अध्ययनरत विद्यार्थी श्रेयन काफ्लेको भनाई छ ।
विद्यार्थी आफैले चाउमिन , फ्राई राईस , मन्चेरीयन, फ्रन्च फ्राई , भेज बर्गर, पाउरोटी फ्राई लगायत विभिन्न मिष्ठान्न भोजनहरु तयार पारेका थिए। उनीहरुले तयार पारेको खानेकुरा स्कुलका शिक्षक शिक्षिका, उपस्थित अतिथी र विद्यार्थी भाईबहिनीहरुलाई खाजाको रुपमा प्रदान गरेका थिए ।
विद्यार्थीहरुले आफ्नो जिवनमा आवश्यक पर्ने सिपहरु सिकाएको स्कुलकी शिक्षिका प्रमिसा कामतले बताउनुभयो । अहिलेका विद्यार्थीहरु यस किसिमको व्यावहारिक ज्ञानहरुमा अब्वल नभएका कारण हाम्रो स्कुलका विद्यार्थीहरुलाई सक्षम बनाउन लागि परेका छौँ ।