प्रथम दिल्ली पब्लिक स्कुल रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि मोर्डन एरालाई

प्रथम दिल्ली पब्लिक स्कुल रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि मोर्डन एरालाई

विराटनगर । विराटनगरको दिल्ली पब्लिक स्कुलमा सम्पन्न अन्तर विद्यालय स्तरीय प्रथम दिल्ली पब्लिक स्कुल रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि मोर्डन एरा स्कुले जितेको छ ।

फाइनल खेलमा आयोजक दिल्ली पब्लिक स्कुल लाई ३–० गोल अन्तरले हराउदै मोर्डन एरा उपाधि जित्न सफल भएको हो । मोर्डन एराको जितका लागि अमन माझीले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।

फागुन २५ गतदेखि सुरु भएको प्रतियोगितामा विराटनगर भित्रका ७ संस्थागत विद्यालयहरुको सहभागिता रहेको थियो । खेल अवधीभर उत्कृष्ट प्रदर्शन गरेका दिल्ली पब्लिक स्कूलका खेलाडी निश्चित चौधरीलाई आजको फाइनल खेलको म्यन अफ दी म्याचको उपधी दिएको खेल संयोजक सुमित डङ्गोलले बताए ।

बिजेता टिम मोर्डन एरा स्कुलले टर्फी मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । प्रतियोगिताभरि सर्वाधिक गोल गर्दै दिल्ली पब्लिक स्कूलका जेनिल बिष्टले गोल्डेन बुटको उपाधी प्राप्त गरे ।

त्यस्तै बेस्ट गोल किपरको उपाधि मोर्डन एरा स्कूलका रोनक राजधामीले प्राप्त गरे । त्यसैगरी बेस्ट डिफेन्डरको उपाधी मोर्डन एरा स्कूलका अमन माझीले प्राप्त गरेका छन् ।

बेस्ट मिड फिल्डरको उपाधी गोदावरी स्कूलका योन्जन राईले प्राप्त गरे भने मोर्डन एरा स्कूलका रोशिक राईले इमर्जिङ प्लेयर बने । प्रतियोगिता भर उत्कृष्ट प्रदर्शन गरेको राइजिङ्ग नेपाल स्कूललाई फेयर प्लेको आवाड प्रदान गरिएको छ ।

दिल्ली पब्लिक स्कुलको मैदानमा आयोजना भएको फाइनल खेल पश्चात बिजेता र उपविजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि लगायतले पुरुस्कार बितरण गरेका थिए । यसवर्ष प्रतियोगिता सफलतापूर्वक आयोजना गरिएको र आगामी वर्ष अझै बृहतरुपमा आयोजना गरिने दिल्ली पब्लिक स्कुलका प्रीन्सीपल बीबी लिम्बुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्