गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीलाई बुझाए सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन

<span class='c1'>गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीलाई बुझाए सुन</span> <span class='c2'>तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन</span>

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन बुझाएका छन् ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका गृहमन्त्री लामिछानेले प्रतिवेदन बुझाउँदै कार्यान्वयनका विषयमा परामर्श समेत गरेका छन् ।

भेटमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर समेत सहभागी थिए । आयोगले बिहीबार मात्रै गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।
आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले सुन तस्करी प्रकरणमा मुछिएकाहरुलाई थप अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्