विराटनगर । सडक अनुशासन कायम गराउँदै सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मोरङमा ट्राफिक प्रहरीले हातमा प्लेकार्ड बोकेर ड्युटीमा खटिएका छन् ।
सचेतना मुलक सन्देश लेखेको प्लेकार्ड बोकेर ट्राफिक प्रहरी सडकमा ड्युटी सुरु गरेका हुन् ।
बिहीबारदेखि अभियानको थालनी गरिएको थियो । ट्राफिक नियमको उल्लघंनको कारणले जिल्लामा सवारी दुर्घटना बढेपछि ट्राफिक प्रहरीले सन्देशमुलक प्लेकार्ड बोकेर सडकमा उभिने अभियान सुरू गरिएको मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानले जानकारी दिनुभयो ।
यो अभियान एक हप्तासम्म संचालन हुने मोरङ ट्राफिक प्रहरीले जनाएको छ ।‘ड्यूटिमा रहेका ट्राफिक प्रहरीले सन्देश मुलक प्लेकार्ड बोकेर सडकमा उभिने अभियान सुरू भएको छ । अहिले विराटनगर लगायत मोरङ जिल्लाभरी यो अभियान थालिएको छ ।
यस्तो अभियानले सवारी दुर्घटनामा न्यूनिकरण हुने ट्राफिक प्रहरी प्रमुख सुमन न्यौपानले बताउनुभयो । ट्राफिक प्रहरीले तीव्र गति जीवन क्षति, मादक पदार्थ सेवन गरी सवाधारी साधन नचलाऔं, सवारी चलाउँदा मोवाइल फोनको प्रयोग नगरौँ, भन्ने जस्ता प्लेकार्ड बोकेर सडकमा उभिएका छन् ।
ट्राफिक प्रहरीले थालेको सचेतना अभियानले सवारी दुर्घटनामा कमी आउने पनि अपेक्षा गरिएको छ ।