होस्टल संचालक मधुलाई अस्पतालमा नभएर हिरासतमा राखी कारबाही गर्न विद्यार्थी संगठनको माग

<span class='c1'>होस्टल संचालक मधुलाई अस्पतालमा नभएर हिरासतमा</span> <span class='c2'>राखी कारबाही गर्न विद्यार्थी संगठनको माग</span>

विराटनगर । मुनलाइट गर्ल्स होस्टलका संचालक मधु रेग्मीलाई अस्पतालमा नभएर सम्मानित हिरासतमा राखेर कारबाही गर्न माग राख्दै स्ववियुले जिल्ला प्रशासन कार्यालय मोरङका जिल्ला प्रमुख अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

पक्राउ परेपछि म्याद थप गरेर रेग्मीलाई कोशी अस्पताल भर्ना गरिएको थियो । रेग्मी फर्जी बिमारी भएको र उनलाई अस्पतालमा नभएर सम्मानित हिरासतमा राखी कारबाही अघि बढाउन माग राख्दै आज स्ववियुले सिडिओलाई ज्ञापनपत्र बुझाएको हो ।

उनीहरूले फर्जी बिरामी बनाएर अस्पताल भर्ना गर्ने कोशी अस्पताल प्रशासनलाई समेत कारबाहीको माग राखेका छन् ।
"मिति २०८० फाल्गुण २९ गते विराटनगर महानगरपालिका वडा नं. ०८ मा रहेको "मुनलाईट गर्ल्स होस्टल" की संचालिका मधु रेग्मीद्वारा यस क्याम्पसका विद्यार्थीहरुलाई गरेको दुर्व्यवहार र स्व.वि.यू. को ज्ञापनपत्रले प्रहरी प्रशासनले दोषीलाई पक्राउ गरेको सर्वविधितै छ ।
देशको कानूनी व्यवस्थामा विश्वास र न्यायको आशा राखी हामी सम्पूर्ण विद्यार्थीहरु आफ्नो पढाई तथा ड्युटीलाई निरन्तरता दिईरहेको अवस्थामा नक्कली बिरामी खडा गरी दोषीलाई बचाउन विभिन्न राजनितिक खोल ओढेका व्यक्तिहरु र प्रहरी प्रशासनको मिलेमतोमा निज मधु रेग्मीलाई कोशी अस्पतालमा भर्ना गरे जस्तो गरी अस्पताल प्रशासनको मिलेमतोमा विना चिकित्सकको नाम, दर्ता नम्बर तथा आधिकारीक छाप, अस्पतालमा उपलब्ध विशेषज्ञ चिकित्सकको परामर्श विना के, - कती कारणले रिफर गरिएको कारण न खुलाउनु आफैंमा कानूनी राज्यको धज्जी उडाउनु सरह रहेको हाम्रो ठम्याई छ।

अतः "Moonlight Girsl Hostel" को दर्ता तत्कालै खारेज गरी विद्यार्थीहरुलाई कानूनी राज्यको आभाष दिलाउनु यस अमानवीय र क्रुर व्यवहार भएको संचालिकालाई तत्कालै कडा भन्दा कडा कारबाहीको जोडदार माग गर्दछौं। राजनितिक खोल ओढी यस्तो अमानवीय कार्यलाई बचाउ गर्ने जो कोहीलाई स्व.वि.यू. खुल्ला चुनौती दिन चाहन्छ । साथै मोरङ प्रशासनलाई तत्कालै फर्जी विरामीलाई अस्पतालमा न भै कस्टडीमा लिन पनि अनुरोध गर्दछौं र विराटनगरमा संचालित सम्पूर्ण होस्टलहरु मापदण्ड विपरित छन भने तुरुन्त खरेज गर्न अनुरोध गर्दछौं। कोशी अस्पताल प्रशासनले पनि कार्वाही किर्ते ढंगले गरेको पाइएको हुँदा अस्पताल प्रशासनलाई पनि कानूनको दायरामा ल्याउन अनुरोध गर्दछौं।माथी उल्लेखित मागहरु २०८० चैत्र ४ गते आइतवार विहान १० बजे सम्म पुरा नभएमा वा मागलाई वेवास्ता गरेमा स्व.वि.यू. जस्तो सुकै कडा कदम चाल्न वाध्य हुने छ र त्यसले निम्त्याउने क्षतिको सम्पूर्ण जिम्मेवारी मोरङ जिल्ला प्रशासनले व्यहोर्नु पर्नेछ। साथै यस विराटनगर नर्सिङ्ग क्याम्पसमा अध्ययनरत छात्रामाथि भएको अमानविय व्यवहारको विरुद्धमा आवज उठाउन उभिनु भएका क्याम्पस प्रशासन, कर्मचारी, विद्यार्थीहरु, अन्य क्याम्पसका विद्यार्थी तथा विद्यार्थी संगठनहरु, अविभावकहरु, सरोकारवालाहरु, पत्रकार लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा न्ययको निम्ती लागि पर्नुहुने सम्पूर्ण व्यक्तित्वहरुमा हार्दिक धन्यवाद ज्ञापन व्यक्त गर्दछौं।" ज्ञापनपत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्